काठमाण्डौँ । यस अघि नेपालमा ७ दिन छायाँकन भईसकेको तेलगु फिल्म मिराइको दोश्रो सेड्यूलको छायाँकनका लागि अभिनेत्री श्रिया सरन नेपाल आएकी छिन ।
श्रिया नेपाली दर्शकमाँझ अजय देवगनको फिल्म दृश्यम र दृश्यम -२ बाट बढी परिचित छिन । दृश्यममा अजयको श्रीमतीको भूमिकामा श्रेयाले खेलेकी छिन ।
परिवार सहित नेपाल आएकी शरनले मिराईको सेटमा समय दिनुको साथै केही स्थानमा भ्रमण गर्ने योजना समेत बनाएकी छिन । फिल्मका प्रोडक्सन कोर्डिनेटर सुरज आचार्यका अनुसार श्रियाले पाटन दरवार स्क्वायर, काठमाण्डौ दरवार स्क्वायर, बुढानिलकण्ठको स्कन मन्दिर र शिवपुरी राष्ट्रिय निकुञ्ज घुम्ने योजना आजै बनाएकी छिन ।
केदार भुषाल भुषालले लाइन प्रोड्यूसरको जिम्मेवारी पाएको यस फिल्ममा सुरज आचार्य सहित अरुण रेग्मी, पुष्कर लामा र मनोज जोशी सहित तीन जना प्रोडक्सन कोर्डिनेटरको रुपमा कार्यरत छन ।

केही नेपाली कलाकार र प्राविधिकहरुको समेतहरुले अभिनय गरेको यो फिल्मको छायाँकनमा सहभागी हुन फिल्म पुष्पा २ मा मुख्य मन्त्री भएर खेलेका लोकप्रिय कलाकार जगपति बाबू पनि काठमाण्डौँ आउँदैछन । उनी भोलि सोमबार काठमाण्डौँ आउने र सेट जोइन गर्ने बताइएको छ ।
तेलगु ईन्डष्ट्रीका उदाउदा स्टारका रुपमा चिनिएका तेजा सज्जा मुख्य भूमिकामा रहेको यो फिल्मलाई कार्तिक गट्टामनेनीले निर्देशन गर्दैछन जसको टिजर समेत बाहिरिसकेको छ । बताईए अनुसार यो फिल्मको छायाँकन पशुपति नाथ मन्दिर, भक्तपुर र सिन्धुपाल्चोकको मुडेमा हुनेछ । हिउँ परेको खण्डमा मुस्ताङ समेत पुगेर यूनिटले फिल्म खिच्ने छ ।