काठमाण्डौँ । एक्टर -टेक वान फिल्मको प्रर्दशनका लागि अमेरिका देखि नेपाल आएका अभिनेता राज वल्लभ कोइरालाले आफ्नो पहिलो कविता संग्रह औरा सार्वजनिक गरेका छन ।
शनिबार लाजिम्पाट स्थित दुषित प्रिन्स होटलमा आयोजित समारोहका वीच वल्लभको कविता संग्रहलाई अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौला, सञ्चारकर्मी दिलभूषण पाठक पाठक, कवि विप्लक प्रतिक र साहित्यपोष्टका प्रमुख अश्विनी कोइरालाले संयुक्त रुपमा सार्वजनिक गरेका हुन ।
कार्यक्रममा अतिथिका रुपमा अभिनेता प्रदीप खड्का सहित एक्टर टेक वानका निर्माता थमन भण्डारी, निर्देशक राजन भुषाल सहित गायक सत्यराज आचार्य, निर्देशक विनोद पौडेल, कलाकार निर्मल शर्मा , अनुरागमान सिंह कुवर , फिल्म समीक्षक यज्ञश, निर्माता आर.के पोखरेल सहित व्यवसायी निर्वाण चौधरी समेतको उपस्थिती थियो ।
कार्यक्रममा कवि विप्लव प्रतिकले वल्लभका कवितालाई समीक्षा गर्दै राजवल्लभले कविता भन्न लायक संग्रह तयार गरेको बताए । उनले आगामी दिनमा अभिनय यात्रा सँगै कविता लेखनको यात्रा नरोक्न अनुरोध समेत गरे ।
कार्यक्रममा गीतारको धुनका साथ वल्लभले आफ्ना केही कविता पनि पढेर सुनाएका थिए । उनले छोरीका लागि र आफ्नी आमाको लागि भन्दै कविता वाचन गर्दा माहोल स्तब्ध बनेको थियो । दीपाश्री निरौलाले त आँशु नै थाम्न सकिनन ।
उमेरको डाढा उक्लिएपछि मानिस केही भावुक हुने रहेछ भन्दै वल्लभले ठट्यौली पारामा आफूले गर्भवाट नै कविता लेख्न थालेको सम्झिए ।
१ सय ११ वटा कविता समेटिएको वल्लभको कविता संग्रह छोरी औराको नाममा समर्पण गर्दै निकालिएको हो । कार्यक्रममा कविता संग्रह विमोचन गर्न आएका केही पाहुना र दीलभूषण पाठकले समेत वल्लभको एउटा कविता वाचन गरेका थिए । वल्लभको कविता संग्रहको मूल्या ४ सय ५० रुपैयाँ राखिएको छ ।