उत्सवको गाउँमा जल शाहकी छोरीले गरिन निकै राम्रो काम

काठमाण्डौँ । एक समयकी लोकप्रिय अभिनेत्री जल शाहकी छोरी कलशले चर्चित सञ्चाकरर्मी उत्सव रसाइलीको गाउँमा रहेका ५५ जना विपन्न विद्यार्थीहरुलाई विविध सहयोग गरेकी छिन ।

१६ बर्षीया जलकी छोरीले आफ्नो पकेट मनीबाट जोगाएको रकम र पार्ट टाईम जवबाट कमाएको पैसा संकलन गर्दै काभ्रेको चौंरी देउराली गाउँपालिकाका ४ वटा स्कूलमा अध्ययनरत विपन्न विद्यार्थीहरुलाई जाडोमा लगाउँने लत्ता कपडा, शैक्षिक सामग्री, स्यानेटरी प्याड, हर्लिक्स सहितका खाने कुरा र दुई जना विद्यार्थीहरुका लागि एक बर्षको पढाई खर्च जनही ३५ हजारका दरले ७० हजार रुपैयाँ सहयोग गरिन । एक बर्षको स्कूल फिस चाँहि करिश्मा मगराती र युनिक कोइरालालाई प्रदान गरिएको छ ।

सानै देखि समाज सेवामा रुची राख्ने जलकी छोरी कलशले शिक्षा फाउन्डेशन सुरु गर्दै उत्सवको गाउँमा रहेका विद्यार्थीहरुलाई पढ्नका लागि सहज होस भन्दै यस्तो काम गरेकी हुन ।

‘मलाई कस्तो रमाईलो र आनन्द लाग्यो सवै जनालाई भेटेर केही सहयोग गर्न पाए । त्यसैले आगामी दिनमा पनि यस्तै काम गर्नका लागि मलाई आर्शिवाद र हौसला दिनुहोला ।’  कलशले गाउँले विद्यार्थीहरुसँग भनेकी छिन ।

कलशले आफ्नो फाउन्डेशनबाट प्रत्येक बर्ष नेपालमा रहेका विपन्न विद्यार्थीहरुलाई यसरीनै सहयोग गर्दै लैजाने योजना समेत रहेको बताईन । यसैगरी अभिनेत्री जलले छोरीको ईच्छा र सपनालाई पूरा गर्न आफूले सधै साथ दिने बताउँदै उसले आगामी दिनमा यस्तो सहयोगको मात्रालाई थप बृहत गर्दै लैजाने बताईन ।

नेपाल आउँने बेलामा कहाँका विद्यार्थीहरुलाई सहयोग गर्ने भनेर जल जीले सोधेपछि मैले हाम्रो गाउँका विद्यार्थीहरुलाई सहयोग आवयश्क रहेको बताएपछि उहाँले यहाँ आउने निर्णय गर्नु भयो । यस अघि उहाँले भूकम्पका बेला पनि हाम्रो गाउँमा सहयोग गर्नु भएको थियो यस पालि आफै आएर विद्यार्थीहरुको पढाईमा सहयोग गर्ने वातावरण गरिदिनु भएकोमा हृदय देखि धन्यवाद दिन चाहन्छु ।  ।’  उत्सवको भनाई छ । 

एकै स्थानमा भेला पारेर वितरण गरिएको कलशको सहयोग सामग्री पाएपछि स्थानीय विद्यार्थीहरुले कलश समक्ष गीत गाएर रमाईलो गरेका थिए भने उत्सवले आफ्नो गाउँमा छोरी सहित जल शाह राम्रो काम गर्न आएको सन्दर्भमा सवै गाउँलेहरुसँग चिनापरिचय गराउँदै आफू जन्मिएको घर समेत घुमाएका थिए जुन भिडियो न्यूज फिल्मीको युट्युब च्यानलमा प्रसारणको क्रममा छ ।  

 

 

Leave a Reply