काठमाण्डौँ । अभिनेता सलोन बस्नेतले बनाएको पहिलो फिल्म रंगीको ट्रेलरलाई युट्युबमा सकारात्मक प्रतिक्रिया मिलेको छ ।
फाल्गुन २ गते देखि प्रर्दशनमा आउँन लागेको यो फिल्ममको सार्वजनिक ट्रेलर लाई लिएर युट्युबका दर्शकहरुहरुले निकै राम्रा प्रतिक्रिया दिएका हुन । केहीले ‘आँखाबाट आँसु खसेको पत्तै भएन मलाई पनि आफ्नो छोरीको याद आयो’ भन्दै प्रतिक्रिया दिएका छन भने केहीले दीलिप रायमाझीले बोलेको संवाद ‘यहाँ सित्तैमा कमाउने भनेको शत्रु मात्र हो आफन्त कमाउनको लागि त पैसा कमाउनु पर्छ ले ध्यान खिचेको बताएका छन ।’
केही दर्शकले हल्लामा होइन कथामा काम भएको जस्तो लाग्यो भन्दै फिल्मलाई सफलताको शुभकामना दिएका छन । यो फिल्मको कथा केही फिल्महरुमा सहायक निर्देशक भइ काम गरेका सुमन गजमेरले तयार गरेका हुन जसको निर्देशक सुरेश न्यौपाने हुन ।
सुरेशन पनि ३ दर्जन जति ठूला फिल्ममा सहायक निर्देशक भई राम्रो अनुभव बोकेका नव निर्देशक हुन जसले यो फिल्मबाट निर्देशकको रुपमा डेब्यू गर्दैछन ।
सार्वजनिक ट्रेलरमा सलोन बस्नेत बाबाको भूमिकामा देखिएका छन भने उनको छोरी बनेर आयुषी ढकालले जर्वजस्त अभिनय गरेको देखिएको छ ।
अभिनेत्रीका रुपमा पूर्व मिस नेपाल तथा कमेडी दरबारकी होस्ट नम्रता श्रेष्ठले फिल्मबाट सुखद डेब्यू गर्ने सम्भावना देखाएकी छिन ।
यो ट्रेलरलाई सब्जेक्टका हिसावले समीक्षा गर्ने भने राम्रो हो । फिल्मले केही नयाँ कथा पस्किरहेको छ । जुन जनरामा फिल्म बनाईएको हो त्यसमा सलोनको टिम करिब करिब पास भईसकेको अवस्थामा छ ।
बस यति हो कि आगामी प्रोजेक्ट गर्दा यस्तै मिठो सब्जेक्टमा अझै ठूलो क्यानभासका साथ फिल्म बनाएमा सलोन पिता शोभित बस्नेत भन्दा कयौ गुणा माथि उक्लिन सक्छन फिल्म मेकरका रुपमा पनि । हेर्नुस ट्रेलर