तुलसी घिमिरेको पहाड खिच्न प्रमोद प्रधान नेपाल आए : ३० बर्षपछि पुनः सहकार्य

काठमाण्डौँ । निर्देशक तुलसी घिमिरेले बनाउँन लागेको महत्वाकांक्षी प्रोजेक्ट पहाडको छायाँकनका लागि सिनेमाटोग्राफर प्रमोद प्रधान नेपाल आएका छन ।

बलिउडका १५ वटा ठूला फिल्म र त्यतिकैको संख्यामा वेव सिरिज र टेलिफिल्म समेत खिचेका अनुभवी सिनेमाटोग्राफर प्रधान गए राति नेपाल ल्याण्ड भएका हुन । नेपाल झरे लगत्तै उनले शुक्रबार दिउँसो तुलसी घिमिरेको भाग्यरत्न फिल्मको अफिस भिजिट गर्नुका साथै पूराना साथी सुनील थापाले सञ्चालन गरिरहेको एभरेष्ट फिल्म एकेडेमी पुगेर त्यहाँका विद्यार्थीहरु माँझ आफ्ना अनुभव समेत साट्न भ्याए ।

सुरुवाती दौरानका आफ्ना हिट फिल्महरु अन्याय, कोसेली, चिनो र दक्षिणा खिचेका प्रमोदसँग करिब ३० बर्षपछि तुलसी घिमिरेले फिल्म मेकिङमा सहकार्य गर्न लागेका हुन । यो प्रोजेक्टलाई फिल्माङ्कन गर्न सिनेमाटोग्राफरको विशेष महत्व छ त्यसैले मेरो नशा नशा बुझेका प्रमोदलाई मैले पुनः यो प्रोजेक्टमा जोड्ने निर्णय गरेकोे हुँ । ‘ निर्देशक घिमिरेले न्यूज फिल्मीसँगको कुराकानीमा बताएका छन ।

करिब ८ बर्षको अन्तरालपछि पुनः फिल्म निर्माणमा जुटेका घिमिरेले पहाडबाट आफ्नी कान्छी छोरी पञ्चमीलाई अभिनेत्रीका रुपमा रजतपटमा डेब्यू गराउँदैछन । २५ बर्षीया पञ्चमीले मुम्बईमा रहदा विभिन्न प्रोजेक्टमा एसोसिएट भई फिल्म मेकिङको राम्रो अनुभव बटुलेर हिरोइनका रुपमा डेब्यू गर्न लागेकी हुन ।

 

पहाडबाट डेब्यू गर्न लागेकी पञ्चमीका साथ तुलसी घिमिरे र भारती घिमिरे

गहुँगोरी पञ्चमीको जोडीका रुपमा अभिनेता अरुण क्षेत्री देखिदैछन । त्यसैगरी विपिन कार्कीको माइलस्टोन क्यारेक्टर यो फिल्ममा सेट गरिएको छ । पाका अभिनेताद्धय मदनकृष्ण श्रेष्ठ र सुनील थापाले फिल्ममा सुगन्ध बढाउदैछन । त्यसैगरी प्रियंका कार्की सहित प्रकाशमा फिल्ममा प्रदीप खड्काको जोडी बनेकी अभिनेत्री रेनु योगी सहित आशा पौडेल, सलोना बज्रचार्य  र फिल्मका प्रोडक्सन म्यानेजर समेत रहेका कुशल कलाकार अरुण रेग्मी लगायत दर्जन बढी नयाँ तथा पूराना कलाकारहरु यो फिल्ममा जोडिएका छन ।

यहि माघ २२ गते देखि गोरखाको एक गाउँबाट छायाँकन सुचारु हुन लागेको फिल्ममा तुलसी घिमिरेको श्रीमतीका रुपमा ज्यादा परिचित अभिनत्री तथा कुशल गायिका भारती घिमिरेले क्रिएटिभ डिरेक्टर भई टिम सम्हाल्दैछिन । जेठी छोरी भावनाले प्रोडक्सन डिजाइनर भई सेट तयार गरिरहेकी छिन गोरखामा।

सुटिङका लागि टिम आगामी आइतबार गोरखा प्रस्थान गर्दैछ र सोमबार सेटमै शुभमुहूर्त गरी करिब २५ दिनकोे छायाँकन सकेर पुनः भारतको मुम्बइ पुगेर विभिन्न लोकेशनमा सुट गरी यूनिट नेपाल फिर्ता हुनेछ ।

Leave a Reply