एलिना चौहानको वैवाहिक जीवन अन्त्यतर्फ, डिभोर्सको प्रक्रिया सुरु

काठमाण्डौँ । गत बैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाधिएकी गायिका एलिना चौहानले आफ्नो वैवाहिक सम्बन्धलाई पूर्ण विराम दिने भएकी छिन ।

श्रीमान बिष्णुसँग अलग्गिने निर्णय गर्दै उनले डिभोर्सको कानुनी प्रक्रिया सुरु गरिसकेको रजतपट कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीले दावी गरेका छन । सुवेदीले हिजो साँझ प्रसारण भएको रजतपटमा एलिनाले बिष्णुसँग कुनै पनि आर्थिक दावी नगरि डिभोर्स गर्न लागेको बताएका हुन । यो सम्बन्ध आगामी एक महिना भित्र टुंगिने उनले कार्यक्रममा बताएका छन ।

उता बिष्णुले पनि वारेसनामा दिएर प्रक्रिया सुरु गरेको बताईएको छ । गायिका लोकप्रिय छिन । विवाह लगत्तै उनी बिष्णुका साथ अष्ट्रेलिया पुगेकी थिईन । तर अष्ट्रेलियामा उनी माथि घरेलु हिंसा भयो भन्दै उनी नेपाल फर्किएर ओशोमा गएर केही समय विताईन ।

ततपश्चात दुई साता अघि पोखरा जाने क्रममा उनले एक गायिकालाई आफ्नो व्यथा सार्वजनिक गरेपछि ती गायिकाले पनि सामाजिक सञ्जालमा एलिनाको नाम नराखि उक्त खबर दिईन जुन खबरलाई पुष्टी गर्ने प्रमाणका साथ प्रकाश सुवेदीले राजपट कार्यक्रममा प्रसारण गरिदिएपछि एलिना र विष्णुको वैवाहिक सम्बन्धमा दरार आएको प्रसंग बाहिरिएको थियो ।

विहिबार प्रसारित रजपटमा एलिनाको डिभोर्सको खबर यसरी प्रसारण गरिएको थियो । रिपोर्ट २४ मिनेट देखि सुरु छ । हेर्नुस

 

Leave a Reply