काठमाण्डौँ । दश बर्ष अघिको अत्याधिक लोकप्रिय गीत पारी त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो… को रिमेक भर्सन सार्वजनिक भएको छ ।
फाल्गुन १४ गते देखि प्रर्दशनमा आउन लागेको फेरी रेशम फिलिलीमा नयाँ सेटअप र केही लिरिक्स परिवर्तन गर्दै गीत समावेश छ । बिहिबार दिउँसो सार्वजनिक गीत यतिखेर युट्युबको ट्रेन्डिङमा उक्लिदै भ्यूज पनि धेरै पाईरहेको छ । रिलिजको २२ घण्टामा गीतले करिब ६ लाख भ्यूज पाएको देखिन्छ ।
पहिलेनै हिट भएको यो गीत पुन : नयाँ ढंगबाट बनाउँदा यसको मर्म लाई संगीतकारले मर्न दिएका छैनन । ओपनिङ लाइन र केही स्थानमा लिरिक्स फरक छन तर लय उस्तै । पहिलाको गीत र यो गीत सुन्दा फरक सुनिदैन टेस्ट उस्तै लाग्छ ।
नयाँ बोटलमा पूरानो रक्सी भने झै यो गीतको कोरियोग्राफी फरक छ । मदिराहरु जति पूरानो उति मिठो भने झै यो गीतको ओर्जिनल मिठास छुट्टै छ तर फरक यति हो कि बजारमा थुप्रै नयाँ ब्रान्डका मदिराहरु निस्किसकेका छन उपभोक्ताहरुको स्वाद पनि फेरिएको अवस्था छ तसर्थ यो गीत पहिलेको जस्तै भाइरल हुन्छ कि हुँदैन भन्ने जोखिम चाँहि ज्यादा छ ।
गीतको कोरियाग्राफी प्रदीप लामाले गरेका हुन । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार विनय श्रेष्ठ र सुपष्पा भट्ट फिचर्ड छन ।
फिल्मका निर्माता रौनक विक्रम कडेल हुन भने निर्देशक निरोज महर्जन । गीतमा पहिलेकै गायक कालिप्रसाद बासकोटा र सोमिया बराइलीको स्वर छ । शब्द मानस राजको हो । हेर्नुस गीत