एक्टरको प्रिमियरमा आउँन लागेका राज वल्लभले कविता संग्रह पनि निकाल्दै

काठमाण्डौँ । माघ १६ गते देखि रिलिज हुन लागेको फिल्म ‘एक्टर टेक -वान’ मार्फत रजतपटमा सुखद पुनरागमन गर्न लागेका अभिनेता राज वल्लभ कोइरालाले नेपाल आएको सन्दर्भमा आफ्नो कविता संग्रह पनि निकाल्ने भएका छन । उनी भोलि शनिबार एक्टरको प्रिमियरमा सहभागी हुनका लागि नेपाल आईपुग्दैछन । 

वल्लभद्धारा लिखित कविता संग्रहको नाम ‘औरा’ राखिएको छ । औराको अर्थ ईनर्जी हो रे । यो नाम राज वल्लभले आफ्नी पाँच बर्षीया छोरीको नाम अनुसार राखेका हुन । राज वल्लभकी छोरी औरा आगामी फ्रेब्रुअरी महिनाको २८ तारिखमा पाँच बर्षमा प्रवेश गर्दैछिन । तसर्थ पनि छोरीको नाममा समर्पण गर्दै उनले आफ्नो पहिलो कविता संग्रह सार्वजनिक गर्न लागेका हुन ।

१५२ पृष्ठको संग्रहमा करिब १३० वटा कविता समावेश छन्।  संग्रहमा जीवन, प्रकृति, परिस्थिति लगायत कविले हेर्ने संसारका विविध प्रसंगहरूमा तयार गरिएका छोटा र लामा कविताहरु र हाईकुका साथमा राज वल्लभको लोकप्रिय कविता हात्तीको कविता पनि समेटिएको छ । कविताहरु सरल, जीवन्त र आम नेपालीले बुझ्न सक्ने शैलीमा लेखिएको राज वल्लभको भनाई छ । 

पहिलो संस्करणमा १५ सय प्रति प्रकाशनमा आउँने बल्लभको औरालाई साहित्यपोष्टले प्रकाशनको जिम्मेवारी लिएको छ । आवरण चित्र चाँहि चिराग बाङ्देलले तयार गरेका हुन । 

एक्टर प्रर्दशनको तीन दिन पछि कविता संग्रह सार्वजनिक गर्ने तयारीमा रहेका वल्लभ नेपाली फिल्म नगरीमा  साहित्यक ज्ञान भएका थोरै अभिनेता मध्येका एकमा पर्दछन । उनी मिजासिला, फ्रयाङ मात्र हैनन राम्रो अभिनय गर्ने कलाकारका रुपमा समेत चिनिन्छन ।

Leave a Reply