स्पेशल स्क्रिनिङमा प्रसंसा बटुलेको सारंगको ट्रेलर रिलिज : प्रियंकासँग ऋचाको भिडन्त

काठमाण्डौँ । बाल मनोबिज्ञानमा निर्मित एउटा सुन्दर सृजना भन्दै स्पेशल स्क्रिनिङमा अत्यन्त राम्रो रिभ्यू पाईसकेको फिल्म सारंगको ट्रेलर रिलिज भएको छ ।

फिल्ममा अभिनेत्री ऋचा शर्मा आमाको मुख्य भूमिकामा छिन । निर्देशक प्रशान्त तामाङ हुन । प्रशान्त तामाङ तिनै हुन जो हालका सुपरस्टार प्रदीप खड्काले हिरो बन्नु अघि बनाएको फिल्म ठूलो मान्छेका निर्देशक हुन ।

फिल्ममा ऋचाको श्रीमानको भूमिकामा उत्पल झाले प्रसंनसनीय काम गरेका छन । लामो समय देखि नाट्य क्षेत्रमा विताएका उत्पल ठूला फिल्म मेकरका नजरमा परे भने नयाँ स्टार बन्नेर स्थापित हुन सक्छन । फिल्ममा उनले त्यति पर्फेक्ट काम गरेका छन जसरी नाटकहरुमा गर्थे । बाल कलाकारमा संम्रान्त थापा र आदित्य कार्कीको बेजोड अभिनय छ । 

तर फिल्म जति राम्रो हो यसको ट्रेलर मेकिङ भने अपेक्षाकृत भएन ।  निर्माण टिमले दिमाग लगाएर ट्रेलर अझै क्याच्ची बनाउन सक्थ्यो । फिल्ममा अभिनेत्री ऋचा शर्मा कार्यकारी निर्माताका रुपमा पनि प्रस्तुत भएकी छिन । तसर्थ अभिनयका साथमा निर्माणमा पनि संग्लन रहेकी ऋचाको यो फिल्म हितैषी अभिनेत्री प्रियंका कार्कीको हरर फिल्म ममीसँग भिडन्तमा पर्दैछ । माघ २५ गते देखि लाग्ने यि दुवै फिल्म आ–आफ्नो स्थानमा बलियो होलान । तर उता सोही दिन रोना धोनाले भरिपूर्ण जुना पनि भिड्न आउँदैछ ।

स्पेशल स्क्रिनिङमा सारंगलाई न्यूज फिल्मीको टिमले हेरिसकेका कारण हामी बलियो रहेको प्रतिक्रिया दिन्छौँ नै तर ट्रेलरमै त्यस्तो तर्साउने कन्टेन्ट निकालिएको ममीको प्रिमियर सो पछि कस्तो रिभ्यू आउँला ? पक्कै पनि ममीलाई पनि कमजोर आँकलन गर्न सकिन्न ।

तसर्थ माघ २५ गते प्रियंका र ऋचाको फिल्मको प्रतिष्पर्धा रोचक रहने देखिएको छ । हेर्नुस सारंगको ट्रेलर

 

Leave a Reply