दिव्यालाई लिएर निशा अधिकारीले ‘माया प्रीति’ बनाउँने : एक्टर रिलिज नहुदै हातमा अर्को फिल्म

काठमाण्डौँ । यहि माघ १६ गते देखि रिलिज हुन लागेको फिल्म एक्टर – टेक वान बाट डेब्यू गर्न लागेकी अभिनेत्री दिव्या रायमाझीको हातमा नयाँ फिल्म परेको छ ।

उनले प्राप्त गरेको यो नयाँ फिल्म ‘माया प्रीति’ लाई अर्की लोकप्रिय अभिनेत्री निशा अधिकारीले बनाउन लागेकी हुन जहाँ दिव्याले मुख्य भूमिका निर्वाह गर्दैछिन ।  दिव्याले एक्टर रिलिज नहुँदै पाएको यो अर्को फिल्म हो यस अघि उनले चैत्र २९ गते देखि रिलिज हुने तयारीमा रहेको मल्टीस्टारर फिल्म पिताम्बरमा पनि काम गरिसकेकी छिन । तर सोलो हिरोइनका रुपमा उनले गर्न लागेको यो पहिलो फिल्म हुनेछ ।  

फिल्मलाई भि.एफ.एक्स ब्याकग्राउन्डका राम्रा फिल्मकर्मीका रुपमा चिनिएका अभि श्रेष्ठले निर्देशन गर्न लागेका हुन । निर्देशक अभिको यो डेब्यू फिल्म हुनेछ । निशाले भने यस अघि सिमोश सुनुवारका साथ सौगात मल्ल र बेनिशा हमाललाई लिएर झयानाकुटी नामक रमाईलो फिल्म बनाईसकेको अनुभव छ ।

यो फिल्ममा निशाका साथ सन्तोष कार्की (EP- Executive Producer ) कार्यकारी निर्माताको भूमिकामा देखिने छन भने क्रिएटिभ डिरेक्टरको भूमिकामा प्रणव जोशी रहने छन ।

‘हाम्रो फिल्ममा दिव्या हिरोइन हुने कुरा पक्का पक्की जस्तै भईसक्यो तर उनको लागि सुहाउँदो हिरोको अडिसन चाँहि नगरि भएन । कि एक दम चलेको हिरो लिनेछौँ कि नयाँलाई डेब्यू गराउँने छौँ । ‘

निर्देशक श्रेष्ठले न्यूज फिल्मीसँगको कुराकानीमा भनेका छन । श्रेष्ठका अनुसार रोमान्टिक कमेडी श्रेणीमा बन्ने  ‘माया प्रीति’  नयाँ युगको प्रेम कथा हो रे ।   

आगामी दिनमा लगातार फिल्म निर्माण गर्ने योजना सहित ‘माया प्रीति’ निर्माणको घोषणा गरेका निर्देशक श्रेष्ठका अनुसार यो फिल्म वन टू थ्री स्टुडियोज को ब्यानरमा बन्नेछ।

यो स्टुडियोको टोली नेपाल टेलिभिजनको अत्यधिक लोकप्रिय शो ‘प्ले इट अन’ मा पाँच वर्षसम्म लगातार काम गरेको अनुभवी समूह हो। 

0

User Rating: Be the first one !

Leave a Reply