काठमाण्डौँ । माघ २५ देखि प्रर्दशनमा आउँने प्रियंका कार्कीको मुख्य भूमिका रहेको फिल्म ममीको डरलाग्दो ट्रेलर सार्वजनिक भएको छ ।
करिब २ मिनेट लामो ट्रेलरमा विभिन्न सिक्वेन्सहरु छन जसले तपाईको मनमा डर पैदा गर्न सक्छ । फिल्ममा सुलक्षण भारती र प्रियंका कार्कीको सम्बाद ज्यादा राखिएको छ । थ्रिल क्रिएट गर्ने गरी निर्माण गरिएको यो फिल्ममा भूतिया आकृतिहरूसँगको भेट र अलौकिक पात्रहरू सँगै कालो विरालोको सिक्वेन्सलाई विशेष स्थान दिइएको छ ।
पूर्णिमा जोशीका साथमा निर्देशक समर निरौलाको लेखन तथा डेब्यू निर्देशनमा बनेको यो फिल्म प्रियंका कार्कीको करिअरको चौथो हरर फिल्म हो । यस अघि प्रियंका कार्कीले खेलेको माला, आवरण र चिमुसी चि भन्ने फिल्म यहि जनरामा बनेका थिए ।
पछिल्लो एक दशकमा नेपालमा माला, आवरण र चिमुसी चि सहित, झिग्राना, एक दिन एक रात, सुनकेसरी, घर, कठपुतली , षटकोण, त्रास, रुद्राक्ष र यो नयाँ रिलिज हुने क्रममा रहेको ममी सहित गरी करिब एक दर्जनको हाराहारीमा हरर श्रेणीका फिल्म बनिसकेका छन । हेर्नुस ममीको ट्रेलर
https://www.youtube.com/watch?v=osXBtY2SwyQ