हरेक बिहेमा बज्ने खाले गीत लिएर आयो मायावी टिम : तर यो गीतमा पनि त्यही अभाव देखियो

काठमाण्डौँ । नेपालमा फेस्टिभल तथा ईभेन्ट ओरेन्टेड गीतहरुको कमि भईरहेको अवस्थामा मायावी फिल्मको टिमले हरेक विवाहमा बज्ने खाले गीत सार्वजनिक गरेको छ ।

बरिष्ठ संगीतकार शम्भूजीत बासकोटाले तयार गरेको संगीतका धुनहरु कर्णप्रिय छन । निर्देशक दिवाकर भट्टराई र दयाराम पाण्डेले संयुक्त रुपमा कोरेका शब्दहरुले दिलका कुना कुना छुनसक्छन । दीक्षित पौडेल र समिरा थपलियाको स्वरले कोरिएका गीतका शब्दहरुलाई न्याय गरेका छन ।

आगमी फाल्गुन १४ गते देखि प्रर्दशनमा आउँने यस फिल्ममा अभिनेत्री दीपिका प्रसाइँको बिहेको सिक्वेन्स देखाईएको छ जहाँ यस फिल्मका मुख्य अभिनेता पल शाह भावुक मुद्रामा देखिएका छन ।

बेहुलाका भूमिकामा भने समिम खान छन जो यस फिल्मबाट अभिनेताको रुपमा डेब्यू गर्दैछन । समिमको लुक्स हिरो बन्ने क्वालिटीको छ । अभिनय राम्रो गरेमा उनी नयाँ अभिनेताका रुपमा सजिलै स्थापित हुन सक्छन ।

तर निर्देशक भट्टराईले नै कोरियोग्राफी गरेको यो फिल्मको गीतको अडियो जति बलियो छ भिजुअल भने सिम्पल छ । हामीले जसरी पहिले देखि भनिरहेका थियौ मायावीको प्रोडक्सन सेटअप कथा अनुसारको देखिएन भनेर । जुन अभाव यो गीतमा पनि देखिन्छ ।

गीत हेर्दा सम्पन्न परिवारको बिहे छ। प्रप्स डेकोरेशनमा खर्च पनि गरिएको देखिन्छ तर सेटमा पर्याप्त क्राउड र अन्य महत्वपूर्ण सिक्वेन्सको साधारण प्रस्तुती र उपस्थितीले भने हाम्रा आँखा भरिएनन ।

यो गीतमा मज्जाको क्राउड र अन्य सिक्वेन्स बुन्नु पर्थियो । अझ बिहेको मण्डपमा देखिएका पण्डित जीलाई हेर्नुस न काष्ट गर्ने व्यक्तिलाई २१ तोपको सलामी दिन मन लाग्छ ।

Leave a Reply