काठमाण्डौँ । यो बर्ष ऐतिहासिक व्यापार गरेको फिल्म पूर्ण बहादुरको सारंगीका निर्देशकले बनाउँन लागेको नयाँ फिल्म कोशेढुंगाको मुख्य कास्टिङको लाइनअपमा नीति शाह पनि देखिएकी छिन ।
आगामी फाल्गुन २ गतेदेखि फ्लोरमा जान लागेको यो फिल्मको मुख्य भूमिकामा नीति सहित आर्यन सिग्देल, प्रविण खतिवडा र सुरक्षा पन्त फाइनल भएको जानकारी टिमले दिएको हो ।
यहि बर्ष खजुरे ब्रो मार्फत फिल्म नगरीमा डेब्यू गरेकी नीतिले कोशेढुंगामा महत्वपूर्ण रोल पाएको बताईन्छ । सुरक्षाको रोल पनि त्यस्तै सशक्त रहेको निर्माण पक्षले जानकारी दिएको छ । नीतिको हकमा कुरा गर्नु पर्दा यो बर्ष उनले खेलेका फिल्म मध्ये खजुरे ब्रो र ज्वाइँ साब रिलिज भईसकेका छन । महानायक राजेश हमालसँग खेलेको फिल्म नरसिंहा अवतार चैत्र २९ गते देखि प्रर्दशनमा आउँदैछ ।
त्यसैगरी पल शाहसँग खेल्ने भनिएको फिल्म मोहर पनि चाँडैनै फ्लोरमा जाने तयारीमा छ । अर्को तर्फ, गत बर्षको फाल्गुनमा साइन भएको सविर श्रेष्ठको फिल्म रुखानको काम हुनै बाँकी छ । तसर्थ यो बर्ष नेपाली रजतपटमा डेब्यू गरेकी नितिको हातमा ६ वटा फिल्म पर्नु चानचुने कुरा हैन ।
रुप, बोली व्यावहार र स्टाईल सवै कुरामा पोख्त नितिले अभिनय कलामा आफूलाई अझै निखार्दै लगिन भने उनी नेपालको डिभा हिरोइनका रुपमा स्थापित हुन सक्छिन ।
डिभा हिरोइन भन्नाले त्यस्तो हिरोइन हो , जसले अभिनय मात्र नभई आफ्नो आकर्षण, सौन्दर्य, र प्रभावशाली व्यक्तित्वका कारण पर्दा भित्र र पर्दा बाहिर दुबै ठाउँमा दर्शक माँझ अमिट छाप छाड्ने गर्दछन । (फ्रोफाइल तस्बिर सौजन्य : पार्टी नेपाल)