माइतीघर साइन गरेका धीरजलाई डेनी डेन्जरसमा लिदै निश्चल बस्नेत !

काठमाण्डौँ । निश्चल बस्नतको आगमी फिल्म डेनी डेन्जरसमा धिरज मगर अभिनेताका रुपमा देखिने खबर प्राप्त भएको छ ।  

यो खबर हामीलाई श्रोतले दिएको हो । आधिकारिक भने अझै भईसकेको छैन रे । ‘मौखिक सहमति भएको छ तर कागजी प्रक्रिया पूरा भईसकेको छैन’  श्रोत भन्छ ।

यध्यपी यो खबरलाई हामीले प्रथामिकताका साथ सार्वजनिक गर्ने निर्णय गरेका हौँ । किन कि पछिल्लो समय धीरज मगरको लोकप्रियता ह्वात्तै बढेको छ । नव अभिनेताहरुको भिडमा आफूलाई स्टारका रुपमा प्रमाणित गर्दै गएका धीरजलाई लिएर फिल्म खेलाउँने निर्माता निर्देशकहरुको लर्को लामै छ ।

यो बीचमा धिरजले उच्च कोटीको फिल्म बनाउँने निर्माता रोहित अधिकारीको नयाँ फिल्म माइतीघर पनि साइन गरिसकेका छन । माइतीघरमा प्रकाश सपुत र केदार घिमिरेका साथ धीरजले लिड रोलमा फर्ममेन्स गर्नेछन । 

बुद्धी तामाङ समेत खेल्ने यस फिल्मलाई आउँदो बर्षको दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा निर्माण पक्षले गरिसकेको छ । मिलन तामाङको निर्देशनमा बन्ने फिल्ममा उपसना सिंह ठकुरी र नव अभिनेत्रीका रुपमा दिकिला शेर्पा देखिनेछन ।

छायाँकनका लागि केही महिना भित्रै फ्लोरमा जान लागेको ‘माइतीघर’ को सुटिङ सकिए लगत्तै  धीरजले निश्चलको ‘डेनी डेन्जरस’को सेट जोइन गर्ने बताईको छ । श्रोतको खबर मान्ने हो भने धीरज सहित डेनी डेन्जरसमा सौगात मल्ल पनि लिड रोलमा देखिनेछन रे ।

Leave a Reply