ढले ढले गीत लेख्ने गीतकार र संगीतकारलाई ५० हजार बक्सिस दिईन शान्ता रानीले

काठमाण्डौँ । आफ्नो गीत अनपेक्षित हिट भएको खुशियालीमा आयोजित सक्सेस पार्टीमा गायिका शान्ता रानी परियारले म त ढले ढले… गीतका रचनाकार र संगीतकारलाई जनही ५० –५० हजार रुपैयाँको बक्सिस दिएकी छिन ।

बिहिबार साँझ ललितपुरको एक होटलमा आयोजित सक्सेस पार्टीमा गायिका शान्ता रानीले मिडिया समक्ष गीतकार नेत्र अर्याललाई ५० हजार सहित सम्मान गरिन । कार्यक्रममा संगीतकार खेम सेन्चुरी अनुपस्थित भएपनि उनको नाममा उक्त बक्सिस दिएको घोषणा गरियो । टिमका अन्य सदस्यलाई भने केक काट्दै मायाको चिनो दिएर शान्ताले खुशियाली मनाईन । 

कार्यक्रममा गायिका शान्ताले गीतको भ्यूज दश करोड पुगेपछि पुनः अर्को कार्यक्रम गरेर कलाकार र प्राविधिकहरुलाई पनि बोनस वितरण गर्ने वाचा व्यक्त गरिन ।

गएको भदौँ ३ गते रिलिज भएको शान्ताको म त ढले ढले… गीतले साढें पाँच महिनाको अवधिमा युट्युबमा मात्र करिब ५ करोड भ्यूज पुर्याएको अवस्था छ । कार्यक्रममा अभिनेता पल शाह, मोडल जुना विश्वकर्माले लगायत पनि उपस्थित थिए जसले यो गीतको सफलताको कथा सुनाए । पल भन्छन ‘यो गीत हिट हुनुको पछाडी जुनालाई विशेष योगदान छ । किन कि उसले रिलिज भएको दिन देखि यो गीतमा सयौ भिडियो बनाएको बनाई हिट बनाईछाडिन ।’ 

कार्यक्रममा रचनाकार नेत्र अर्यालले सम्भवत ढले ढले गीतको दोश्रो भाग आउँन सक्ने  र यहि टिमसँग गीत बनाउँने मनासय व्यक्त गरे । 

 

Leave a Reply