काठमाण्डौँ । अभिनेता पल शाह आफैले निर्माण गरेको गीत ‘मायालाई पानको पात’ ले रिलिजको २५औँ दिनमै १ करोड भ्यूज नघाउँन सफल भएको छ ।
मत ढले ढले… गीतका लेखक नेत्र अर्यालको शब्द रचनामा तयार भएको यो गीत पनि डान्सिङ नम्बरको क्याच्चि छ । गीतलाई खेम सेन्चुरी र दीपीका वयामु मगरले गज्जबले गाएका छन ।
विक्रम चौहानको निर्देशनमा तयार गीतको भिडियोमा पल शाहका साथमा मोडल अञ्जना पुनः मगर फिर्चड छिन । सन् २०२३ को मिस हङकङ नेपालको टाइटल वीनर समेत रहेकी अञ्जनाले मिस नेपाल २०२४ मा टप १३ बाट डाईरेक्ट ईन्ट्री मार्दै Miss Popular Choice Award र Miss DHI (Delightful Happy Intelligence) Award समेत जित्न सफल भएकी थिईन । हिरोइन बन्ने दौडमा रहेकी मोडल अञ्जनासँग पलले खेलेको यो तेश्रो म्यूजिक भिडियो हो ।
पलले हरेक महिना एउटा म्यूजिक भिडियो आफ्नै प्रोडक्सन हाउसबाट बनाउँने योजना सहित २५ दिन अघि मायालाई पानको पात गीत निकालेका थिए जुन गीत यतिखेर निकै लोकप्रिय भईरहेको छ ।
गीतले गए राति एक करोड भ्यूज नघाएपछि पल शाहको टिमले आजै साँझ काठमाण्डौको नक्साल स्थित एक बैंकेटमा सेलिब्रेशन कार्यक्रम राखेको छ , जहाँ सञ्चारकर्मीहरुका सामुन्ने खुशी साट्ने कार्यक्रम छ ।
मायालाई पानको पात यस्तो बनेको छ । हेर्नुहोस