काठमाण्डौँ । यस अघि मालती शीर्षकमा उच्च कोटीको म्यूजिक भिडियो निकालेको कम्पनी एल ए स्टूडियोले पुनः अर्को म्यूजिक भिडियो निकालेको छ ।
नयाँ बर्ष २०२५को सन्दर्भमा सार्वजनिक यो नयाँ गीतमा पनि मालतीकै जोडी साम्राज्ञी राज्य लक्ष्मी शाह र विशाल खरेल फिर्चड छन । यो गीतमा पनि साम्राज्ञी मालतीमा झै बोल्ड देखिएकी छिन । नयाँ मोडल विशालले पनि साम्राज्ञी जस्ती निखारिएकी अभिनेत्रीका सामुन्ने न्याय गर्ने गरी आफ्नो प्रस्तुती दिएका छन ।
गीतको भिडियोको निर्देशन पनि मालतीकै निर्देशक सञ्जय न्यौपानेले गरेका हुन । निर्देशक न्यौपाने त्यस्ता भर्षटाइल व्यक्तित्व हुन जसले अभिनय पनि राम्रो गर्दछन र चाँडैनै फिल्म निर्देशनमा डेब्यू पनि गर्दैछन ।
थाईल्यान्डमा सुट भएको साम्राज्ञीको यो गीत गीत बजारमा चलिरहेका अन्य गीतहरु भन्दा फरक छ । गीतलाई नेपाल आइडल सिजन दुईका लोकप्रिय प्रतिष्पर्धी गायक सुमित पाठकले आफ्नै शब्द, संगीतमा तयार गरेका हुन ।
गीतको स्ट्रकचर र मेकिङ सुन्दा सुमित पाठक निखारिएर बजारमा आएको प्रस्टीन्छ । गीतमा नेपाल आइडल सिजन ३ बाट चर्चामा आएकी पोखरेली गायिका ममता गुरुङले सुमितको संगीतलाई पूर्ण रुपमा न्याय दिने गरी फिमेल भ्वाईस दिएकी छिन ।
हेर्नुस गीत