लाज शरणमको आकर्षक पोष्टर : तीन पोष्टरमा तीन फरक विशेषता

काठमाण्डौँ । लोकप्रिय हाँस्य सिरियल सक्कीगोनीको टिमले निर्माण गरेको पहिलो फिल्म लाज शरणमको आकर्षक पोष्टर सार्वजनिक भएको छ ।

आगामी महाशिवरात्री लक्षित गर्दै फाल्गुन १४ गते देखि रिलिज हुने फिल्मका तीन पोष्टरमा भिन्न भिन्न कन्सेप्ट देखाईएको छ ।

कुमार कट्टेलद्धारा निर्देशित फिल्मका तीन पोष्टरमा कमेडी सिक्वेन्स सहित गम्भिर बिषय समेत उठाईएको देखिन्छ । सार्वजनिक गरिएका पोस्टरमा फिल्मका अधिकांश मुख्य कलाकार अटाएका छन् । पोस्टरमा पाँच जना कलाकार फिचर्ड छन् । चार जना चिनिए पनि एक जना चिनिँदैन ।

पोस्टरहरूका विशेषता:

  1. कफिनभित्र चार पात्र
    • हरिस, विजय, सागर र अर्जुन कफिनभित्र रमाइलो र आश्चर्य मिश्रित भावमा केही हेरिरहेका छन्।
    • यसलाई “मृत्युपछि मान्छेले के देख्छ?” भन्ने परिकल्पना गर्न सकिन्छ।
  2. कफिनमाथि तराजु बोकेको पात्र
    • एक व्यक्तिले सुनको बिस्कुट र यार्सागुम्बाको तौल जोखिरहेको देखिन्छ।
    • हिमाल र गाउँको पृष्ठभूमिमा यो पोस्टरले सम्पत्तिको लोभ र बाध्यताले मानिसलाई मृत्युसम्म कसरी पु¥याउँछ भन्ने देखाउँछ।
  3. हरिस र विजयको प्रतिशोध

    • हरिसको ढाडमा बसेर विजयले मान्छेको हड्डीबाट बनेको शङ्ख फुकिरहेका छन्।
    • यसले प्रतिशोधको भाव र विजयको सशक्त भूमिकालाई चित्रण गर्छ।

Leave a Reply