काठमाण्डौँ । पूजार सार्की र रावायण पछि पल शाहको रिलिज हुने तयारीमा रहेको नयाँ फिल्म मायावीको पहिलो गीत सार्वजनिक भएको छ ।
हिरोइन दीपिका प्रसाईका साथमा पल शाह मुख्य भूमिकामा रहेको यो फिल्म आगामी फाल्गुन १४ गते देखि प्रर्दशनमा आउँदैछ । फिल्मलाई हिरोइन दीपिकाकै निर्देशक श्रीमान दिवाकर भट्टराईले निर्देशन गरेका हुन ।
रोमान्टिक नम्बरको यो लभ सङलाई राम अविरल विष्टले रचेका हुन जहाँ सदीक्षा कट्टेल र एस. डी. योगी स्वर तथा संगीत छ । कविराज गहतराजको कोरियोग्रफीमा तयार यो गीतको छायाँकनमा राजु विक्रम थापाले राम्ररी क्यामेरा चलाएका छन । समग्रमा हेर्दा गीतको लोकेसनको सौन्दर्य, कलाकारको प्रस्तुति र संगीतको मिठासले यो यो गीत प्रति दर्शकको रेस्पोन्स राम्रो नै आउँन सक्ने सम्भावना छ । हेर्नुहोस गीत