काठमाण्डौँ । जनरा अनुसार मूल्याकंन गर्ने हो भने सौगात मल्लको नयाँ फिल्म बम बहादुरको ट्रेलरलाई बबाल भन्ने आधारहरु प्रशस्त छन ।
पौष ५ गते देखि प्रर्दशनमा आउँने फिल्मको सार्वजनिक ट्रेलरमा सस्पेन्स प्लटहरु यसरी देखाईएको छ कि मानौ यो फिल्म सौगात मल्लको फिल्मी करिअरको अर्को एउटा बेस्ट फिल्म बनेर निस्किदैछ ।
१९८० को दशक, अर्थात् आजभन्दा करिब ३८ वर्षअघि भारतको दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको वास्तविक सङ्घर्षका पलहरूलाई समेटेर यो फिल्म बनाएको निर्देशक जोन राईको दावी छ । प्रशस्त निर्देशन क्षमता देखाएका निर्देशक राईका अनुसार भारतका नेपाली समुदायले भोगेको सङ्घर्षको इतिहासको डिजिटल दस्ताबेजको रूपमा यो फिल्म तयार भएको छ ।
फिल्ममा सौगात मल्ललाई एक विद्रोहीको भूमिकामा देखाईएको छ । हेर्नुस ट्रेलर