स्मार्ट मुभ गरेको केटी हराएको सूचना माघ ११ देखि लाग्ने

काठमाण्डौँ । पूर्णबहादुरको सारंगीको दबदबाबाट पर्न जाने असरलाई मध्यनजर गर्दै गत कार्तिक ३० गतेको प्रर्दशन मिति रोकेर स्मार्ट मुभ गरेको फिल्म केटी हराएको सूचनाको नयाँ प्रर्दशन मिति तय गरिएको छ ।

निर्माण कम्पनी ट्राइ सिटी पिक्चर्सका अनुसार अब यो फिल्म आउँदो माघ ११ गते देखि सार्वजनिक प्रर्दशनमा आउँनेछ ।

३२ बर्ष अघिको लोकप्रिय डकु ड्रामा उजेली निर्देशन गरेका निर्देशक दीपेन्द्र गौचनले यो फिल्मको निर्देशन गरेका हुन जहाँ नाजिर हुसेन र सृष्टी श्रेष्ठ प्रमुख भूमिकामा छन ।

पूर्व घोषित रिलिज मिति अनुसार यो फिल्मको ट्रेलर सार्वजनिक हुँदा ट्रेलरले निकै राम्रो रेस्पोन्स समेत प्राप्त गरेको थियो तर विडम्बना स्मार्ट मुभ गर्नुपरेपछि यूनिट अहिले नयाँ ट्रेलर बनाउँने तयारीमा पनि जुटेको छ ।

Leave a Reply