काठमाण्डौँ । आगामी पौष २६ गते देखि प्रर्दशनमा आउँने दयाहाङ राईको नयाँ फिल्म कार्साङको टिजर सार्वजनिक भएको छ ।
कथा बस्तु सहित प्रस्तुती समेत राम्रो देखाईएको टिजर हेर्दा लाग्छ यो फिल्मलाई दर्शकले मन पराउँन सक्छन । कमेडी देखि ईमोशन समेत मिक्स गरिएको फिल्मको मूल कथा झाक्री र उनको गरिवी अवस्थासँग सम्बन्धीत रहेको टिजरले देखाउँछ ।
फिल्ममा दयाहाङ राई झाक्रीको भूमिकामा देखिएका छन भने नव अभिनेत्रीको रुपमा उनको जोडी बनेर टिकटकर सृजना सुब्बा निङलेकु देखिएकी छिन । पहिलो पटक अभिनयमा होमिएकी सृजनाले यो फिल्मको टिजरमा देखाएको प्रस्तुती सुहाएको छ । यस्तै जीतु नेपाल र दिया मास्केको जोडी पनि रोचक देखिएको छ । निसन्तान आमाबाबुको पीडा कस्तो हुन्छ उनीहरुले फिल्ममा हसाउँदै निभाएका छन ।
अझ सवै भन्दा राम्रो पक्ष चाँहि के हो भने कार्साङको टिजर हेर्दा यो फिल्मबाट नेपाली फिल्म नगरीले सम्भावना बोकेका नयाँ निर्देशक पाउँदैछ । फिल्मलाई यम शेर्पाले निर्देशन गरेका हुन जसको सपना साकार पार्न सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानले निर्माताको भूमिकामा पनि सहकार्य गरेका छन यो प्रोजेक्टमा । हेर्नुस टिजर