काठमाण्डौँ । राम्रो समीक्षा प्राप्त गर्दा गर्दैपनि अपेक्षित रुपमा व्यापार गर्न नसकिरहेको फिल्म तेल भिसाले आज बुधबार दर्शकको निकै राम्रो साथ पाएको छ ।
फिल्मको रिलिज यताकै सवै भन्दा राम्रो अकुपेन्सी आज देखिएको हो । डिस्काउन्ट डे भएका कारण बुधबार दिउँसो देखि देशै भरका प्राय हलमा यो फिल्म हेर्न दर्शकको उपस्थिती राम्रो देखिएको छ ।
भक्तपुरको क्यूएफएक्स ब्रान्च होस वा सिटी सेन्टरको बीग मुभिज टिकट विक्रि रेसियो करिब ९० प्रतिशत गएको देखिन्छ । अन्य हलहरुमा पनि रातिका सोहरु करिब करिब हाउसफुल छन । मोफसलका हलहरुमा पनि फिल्म हेर्न दर्शक आज निकै उर्लिएका छन ।
शंकर घिमिरेको निर्देशनमा बनेको तेल भिसाले विस्तारै वर्ड अफ माउथ पाउँदैछ जसकारण पूर्णबहादुरको सारंगी तथा हस्व दीर्घको प्रेसरका बाबजुत आज राम्रो पर्फमेन्स देखाएको हो ।
फिल्मले रिलिजको तीन दिनमा १ करोड ३६ लाख ग्रस कलेक्सन गरेको निर्माण पक्षले दावी गर्दै आउँदा आजको व्यापारले थप आँकडा बढाउँने निश्चित भैदिएको छ ।