काठमाण्डौँ । बुधबार अपरान्ह सम्पन्न भएको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८१ बाट स्वस्तिमा खड्का र विपिन कार्की पुनः एक साथ पुरस्कृत भएका छन ।
यस बर्ष स्वस्तिमाले फिल्म दिमाग खराब बाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भएकी हुन भने विपिनले प्रसाद – २ बाट सर्वोत्कृष्ट अवार्ड प्राप्त गरेका हुन । संयोग कस्तो जुरेको छ भने २०७५ सालको राष्ट्रिय पुरस्कार वितरण हुँदा पनि स्वस्तिमा र विपिन सर्वोत्कृष्ट अभिनेता अभिनेत्री घोषित भएका थिए जुन दृश्य पुनः यस पटक शितल निवासमा देखियो ।
यस अघि विपिनले प्रसादको पहिलो श्रृङखलाबाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए भने स्वस्तिमाले बुलबुल बाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिईन ।
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्डमा लक्ष्मण सुनार निर्देशित फिल्म बुलाकी सर्वोत्कृष्ट फिल्म ठहरियो । यो फिल्मले सर्वोत्कृष्ट फिल्म सहित छायाँकन र लेखन विद्यामा पनि अवार्ड जित्न सफल भयो ।
यसैगरी उत्कृष्ट निर्देशकका रुपमा दिमाग खराबबाट निश्चल बस्नेतलाई अवार्ड दिईयो । कार्यक्रममा दीर्घ साधना सम्मानबाट नेपालको पहिलो रंगिन फिल्म कुमारीकी अभिनेत्री चैत्यदेवी सिंहलाई प्रदान गरियो । राष्ट्रिय पुरस्कारको नजिता यस प्रकार छ ।
राष्ट्रिय चलचित्र अवार्ड २०८० विजेताहरु:
उत्कृष्ट चलचित्र: बुलाकी
उत्कृष्ट अभिनेता: बिपिन कार्की (प्रसाद २)
उत्कृष्ट अभिनेत्री: स्वस्तिमा खड्का (दिमाग खराब)
उत्कृष्ट निर्देशक: निश्चल बस्नेत (दिमाग खराब)
उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ (महाजात्रा)
उत्कृष्ट छायाकार: शिव ढकाल (बुलाकी)
उत्कृष्ट लेखन: राजबहादुर साने (बुलाकी)
उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र: लोजिमा (लिम्बु भाषा)
निर्णायक समिति प्रोत्साहन पुरस्कार:
अभिनेत्री- स्वस्तिमा कार्की (टुल्की)
व्यावसायिक चलचित्र- जारी (वि.सं. २०८०)
विशेष योगदान सम्म्मान:
त्यैयव शाह – कलाकार
कृष्ण प्रसाद रायमाझी – प्रदर्शक
नारायण प्रधान – द्वन्द्व निर्देशक
विद्या कार्की – कलाकार
नरेन्द्र महर्जन – प्रदर्शक
नन्द किशोर प्रसाद श्रीवास्तव – कलाकार/निर्माता
भोज बहादुर गुरुङ – निर्देशक /निर्माता
अमुल कार्की ढली – संगीत संयोजक
ध्रुब कुमार श्रेष्ठ – प्रदर्शक
बुद्धि तामांग – कलाकार
सबिता गुरुङ – कलाकार
विशेष चलचित्र पुरस्कार:
सतीदेवी, सुगुप (लिम्बु भाषा), मार्कली (गुरुङ भाषा)
चलचित्र दीर्घ साधना सम्मान:
चैत्यदेवी सिंह (नेपालको पहिलो चलचित्र ‘आमा’की अभिनेत्री)