पूर्णबहादुरको सारंगीले जारीको रेकर्ड तोड्ने सम्भावना : नयाँ रिलिजलाई असर पार्ने संकेत

काठमाण्डौँ । केही दिन देखि बल्कबष्टर बिजनेश गरिरहेको फिल्म पूर्णबहादुरको सारंगीले घरेलु बक्स अफिशका सम्पूर्ण रेकर्ड तोड्ने सम्भावना देखाएको छ ।

स्ट्रोङ वर्ड अफ माउथका साथ रिलिजको आँठौँ दिनमा आईपुग्दा आज बिहिबार राति सम्म फिल्मले दश करोड आसपासमा व्यापार गर्दैछ ।

तसर्थ यो विजनेशको फ्लो तत्काल रोकिने छाट देखिदैन । गत बर्ष जारीले गरेको २३ करोड लाइफ टाइम कलेक्सनलाई यो फिल्मले सजिलै भत्काउँने सक्ने आकडा देखाईरहेको छ यतिखेर ।

यस्तै दर्शकबाट फिल्मले पाएको अदभूत रेस्पोन्सका कारण आगामी कार्तिक ३० गते देखि प्रर्दशनमा आउँने दुई फिल्म ह्रस्व दीर्घ र केटी हराएको सूचना सहित मंसिर पहिलो साता रिलिज हुने तेल भिसा लगायतका अन्य फिल्मको सोज टाईमलाई समेत पूर्णबहादुरको क्रेजले असर पार्ने संकेत देखाउँछ ।

किन कि फिल्म हेर्न अभूतपूर्व रुपमा दर्शकको चाप हलमा देखिरहेको छ । अझ थप प्रेस त कहाँ छ भने यस अघि रिलिज भएका छक्का पञ्जा ५ र १२ गाउँले पनि हलमा अझै सशक्त प्रर्दशन गरिरहेका छन तसर्थ आगामी साता फिल्म हलले भने जस्तो सोज निर्मातालाई नदिएको आरोप प्रत्यारोपको द्धन्द थप चर्किने कन्र्फम छ ।

निर्माता समेत रहेका द्धारिका उदय सिनेमा बुटवलका प्रोप्राइटर प्रदीप कुमार उदयका अनुसार पूर्ण बहादुरको सारंगीले सवै रेकर्ड भत्काउँने सम्भावना करिव करिव देखिएको अवस्था छ । उनी भन्छन “हाम्रो हलमा कुनै पनि सिट खाली छैन । परिवारका परिवार पूरा फिल्म हेर्न आईरहेका छन । यति सम्मकी अग्रिम बुकिङ गर्न आएका दर्शकले बुकिङ गरेको टिकट नपाईएलका कि भन्ने आशंकका बीच टिकट नै प्रिन्ट गरेर लगिरहेको अवस्था छ ।”

सेभेन सिज ईन्टरटेन्मेन्टले निर्माण गरेको पूर्णबहादुरको सारंगीको अभूतपूर्व व्यापार हेर्दा स्वयम निर्माता विनोद पौडेल पनि यतिखेर तीन छक्क परेका छन । न्यूज फिल्मीसँग कुरा गर्दै उनी भन्छन “हामीले दश करोडको हाराहारीमा व्यापार होला भनेर अपेक्षा गरेका थियौ तर दर्शकले एउटा ईतिहास बनाईदिने हुने भयो । हामी अत्यन्त हर्षित छौँ । भोलि देखिनै कलाकारहरुका साथ मोफसल भिजिटमा निस्किने तयारी पनि गरिरहेका छौँ ।”

 

Leave a Reply