शिल्पी थिएटरका ११ जना कलाकार बीच बाटोमा अलपत्र 

काठमाण्डौँ । पोखराबाट काठमाण्डौँ फर्किने क्रममा रहेका शिल्पी थिएटरका ११ जना कलाकार बीच बाटोमा अलपत्र परेका छन ।

शिल्पीका निर्देशक घिमिरे युवराजले शनिबार बिहानै फेसबुकमा एक स्टेटस राख्दै उद्धारका लागि अपिल गर्दै लेखेका छन ‘हिजो विहान ९ बजे पोखराबाट काठमाडौका लागि हिंडेका हामी शिल्पी थिएटरका ११ जना सदस्य नागढुङ्गा छेउछाउ अनकन्टारमा फसेका छौं ।

हामी एकै ठाउँमा हिजो साँझ ८ बजेदेखि अड्किएकाछौं । पहिरोका कारणले सयौं गाडी र मानिसहरू यहाँ फसेका छन् । हाम्रा साथी बिरामी परेकाछन् । यहाँ कति मानिस अभरमा छन् । शौचालयदेखि आपतकालिन विमारका समस्या छन् । अगाडि पछाडि पहिरो खस्दो छ । आँखा अगाडि एउटा गाडी पुर्‍यो । न स्वयंसेवक, न सहयोगी । दुर्घटना भएपछि लोकाचारका लागि करौडौं खर्च गर्ने सरकार २० घण्टादेखि संकटमा फसेका यात्रहरूलाई सहयोग गर्न आउँदैन ।’  निरन्तर पानी पर्दो छ । दरबार भित्र बस्नेलाई ‘मौसम कुल छ’ । सरकार मस्त निद्रामा छ ।

पार्टीका कार्यक्रममा गाउँगाउँमा धुलो उडाउन पुग्ने हेलिकप्टर कहाँ छन् रु अहिले उद्वारका लागि प्रयोग हुन सक्दैनन् ?

दुई दिन देखि निरन्तर परिरहेको झरीका कारण बाढी पहिरोले देशभरका राजमार्गमा अवरोध देखिएको छ जस अनुरुप शिल्पीको ११ सदस्य टोली सहित यतिखेर सयौँ गाडीमा रहेका हजारौ यात्रीहरु राजमार्गमा अलपत्र छन । तर शिल्पीको टिममा घिमिरे युवराज बाहेक अरु को को सदस्य छन भनेर पूर्ण जानकारी भने प्राप्त भएको छैन । यस बिषयमा हामीले सम्पर्क गर्न खोज्दा घिमिरे युवराजको फोन उठेन । तर माथि प्रोफाइलमा राखिएको तस्बिर घिमिरेको फेसबुकमा केही दिन अघि पोष्ट भएको तस्बिर हो जहाँ अनुप बरालले निर्माण गरिरहेको हंशध्वनी थिएटर भिजिट गर्न शिल्पीको टिम पुगेको देखिन्छ । 

पहिलो अपिलबाट समेत उद्धारमा कोही पनि नआएपछि घिमिरे युवराजले पुनः फेसबुकमा अर्को स्टाटस राख्दै हिडेरै काठमाण्डौँ आउँन लागेको उल्लेख गरेका छन । उनले लेखेको पछिल्लो स्टाटस यस्तो छ । ‘फोनको चार्ज सक्किन लागेकोछ । धेरै साथीहरूको फोन उठाउन सकिन । अब हामी हिंड्दै काठमाडौ जानेछौं । सबै यात्रुको बिजोग छ फोनको चार्ज सक्किन लागेकोछ । धेरै साथीहरूको फोन उठाउन सकिन । अब हामी हिंड्दै काठमाडौ जानेछौं ।’ 

Leave a Reply