काठमाण्डौँ । मनसुनी बदलीको असरले आज बाट रिलिज भएका दुई नेपाली फिल्म सानो संसार र आँखाको व्यापारमा पूर्ण असर परेको छ ।
मध्यान्न भैसक्दा समेत हलमा दर्शक नदेखिदा निर्माता मारमा परेका हुन । ‘फिल्म त राम्रो बनाएको हो तर हलमा चरो मुसो छैन उता अर्जुन कुमार टेनसनले पागल हुन लागिसक्यो । ‘सानो संसारका कार्यकारी निर्माता माधव वाग्लेले न्यूज फिल्मीसँगको कुराकानीमा भनेका छन ।
वाग्ले भन्छन अब आईतबार देखि मात्र व्यापार होला भनेर अर्जुनलाई सम्झाउँदैछु । वाग्लेको भनाई अनुसार आज रिलिज भएका दुई नयाँ फिल्मको मात्र नभई समग्र हलमै दर्शक छैनन त्यसैले आजबाट रिलिज भएका सानो संसार र आँखाको ओपनिङ शून्य शून्य जस्तै छ ।
गए राति देखि मनसुनी बदालीको चपेटाले मुलुकमा बाढी, पहिरो र डुबानको जोखिम उच्च छ । सरकारले पनि शुक्रबार र शनिबार दुई दिन सम्म लामो दुरीका यात्रा नगर्न र जोखिमयुक्त क्षेत्रमा अर्लट रहन सूचना समेत जारी समेत गरेको अवस्था छ ।