काठमाण्डौँ । भारतको लोकप्रिय वेव सिरिज द फ्यामेली म्यानको तेश्रो श्रृङखलामा नेपाली मुलका गायक तथा अभिनेता प्रशान्त तामाङ पनि खेल्ने भएका छन ।
न्यूज फिल्मीलाई प्राप्त एक्सक्लुसिभ जानकारी अनुसार आगामी सिरिजमा खेलाउँनका लागि प्रशान्तलाई फ्यामेली म्यान टिमले हालसालै कन्फर्म गरेको हो । केही दिन देखि नागाल्याडमा छायाँकनरत यस सिरिजमा प्रशान्तलाई खेलाउँने कन्फर्म भएसँगै टिमले कष्ट्यूमको तयारीका लागि उनलाई अनुरोध समेत गरिसकेको अवस्था छ रे ।
संसारकै चौथो लोकप्रिय सिरिजिका रुपमा समेत चर्चित यस सिरजमा प्रशान्त र मनोज बाजपेयीलाई एउटै फ्रेममा रोचक ढंगमा देख्न सकिने अवस्था छ । यध्यपी यस बिषयको डिटेल भने प्राप्त भईसकेको छैन ।
प्रशान्तले बलिउडको अर्को लोकप्रिय वेव सिरिज पाताल लोग सिजन -२ समेत खेलिसकेको अवस्था छ । जुन सिरिजको टिजर आगामी हप्ता रिलिज हुँदैछ ।
कोलकता पुलिसको जागिर खाईरहदा सन २००७ मा ईन्डियन आइडल सिजन ३ मा सहभागी भएर उक्त सिजनको उपाधी समेत जितेका दार्जेलिङका प्रशान्तले पाँच वटा नेपाली फिल्म समेत खेलेका छन ।
सन २०१० मा उनले खेलेको पहिलो फिल्म गोर्खा पल्टन र २०१५ मा खेलेको परदेशीले त बल्कबष्टर बिजनेश गरेको थियो ।