काठमाण्डौँ । विगत दुई महिना देखि झरी त्यति परिरहेको छैन जति नेपाली फिल्मका गीतहरु बर्षि रहेका छन । लगालग । हप्तै पिच्छे । दिनै पच्छिे ,कुनै न कुनै फिल्मका गीतहरु मार्केटमा निस्कि रहेका छन ।
सुरु गरौँ स्वस्तिमा खड्काको फिल्म बेहुली फ्रम मेघौलीका ३ गीतबाट । बजारमा निस्किएका तीन गीत मध्ये पहिलो गीत बिहे गर्ने नि नगर्ने फल्प भयो भने दोश्रो गीत उडायो मन र तेश्रो छड्के सलाम औषत हिट भईरहेका छन ।
३३ लाख युट्युब भ्यूज पाएको उडायो मनका धेरै टुक्रा टिकटक र रिल्समा भाईरल हुने क्रममा छन भने ४५ लाख भ्यूज बटुलेको छड्के सलामको रत्यौली टुक्रालाई दर्शकले ज्यादा मन पराईरहेका छन ।
त्यसैगरी यो बीचमा रिलिज भईसकेका बर एण्ड बधुका चार वटा, रावायण र देविका दुई वटा गीत पनि आए जुन खासै चलेनन । यहि दुई महिनाका अन्तरालमा हरिहर र नीताको फिल्म हस्व दीर्घको उठेर नाचिस्यो, बसेर नाचिस्यो बोलको गीत पनि निस्कियो । उच्च क्वालिटी मेन्टेन्ट गरिएको गीतको हाल सम्मको युट्युब भ्यूज २४ लाख नाघेको अवस्था छ ।
यसैगरी ठीक एक महिना अघि छक्का पञ्जा ५ को बिहे भाको छैन भन्ने गीत पनि निस्कियो तर यो गीतमा समावेश एक शब्दका कारण विवाद भईदिदा यो गीतले पनि मार्केटमा खासै कब्जा जमाउन सकेन । हाल सम्म छक्का पञ्जा ५ को उक्त गीतलाई ४२ लाख भ्यूज प्राप्त भएको देखिन्छ ।
यसैगरी पछिल्लो एक महिनामा विपिन कार्कीको फिल्म तेल भिसाको दुई गीत निस्किए । तीन दिन अघि निस्किएको तुकुनको मुकुन मन पर्याको भ्यूज करिब ६ लाख पुगेको छ भने तीन हप्ता अघि निस्किएको हरि नाम झैको भ्यूज साढें तीन लाख मात्र छ ।
यसैगरी अर्जुन कुमारले बनाएको फिल्म सानो संसारको गीत मग मग फूलबारी निस्कियो जसले सांगितिक माहोलमा खासै उपस्थिती जनाउन सकेको छैन । रिलिजको दुई हप्तामा उक्त गीतले हाल सम्म ४ लाख भ्यूज नघाएको छ ।
यसैगरी यो बीचमा विराज भट्टका छोरा समीरले खेलेको पहिलो फिल्म १२ गाउँ र जीतु नेपालको ज्वाइँ साबको पनि गीत रिलिज भएको छ ।
१२ गाउँको सिनेमा हेर्न जाउँ ले रिलिजको एक हप्तामा १० लाख भ्यूज नघाउँदै युट्युब ट्रेन्डिङको दोश्रो स्थानमा अझै आफूलाई राख्न सफल भएको छ । यता जीतुको ज्वाइँ साबको कसम बत्तीको भ्यूज ४ दिनमा ८ लाख ६२ हजार नाघेको छ ।
अब कुरा गरौँ मुख्य हेडनलाईनमा उल्लेख गरिएको फिल्म खुश्माको । धिरज मगर र उपसना सिंह ठकुरीको मुख्य भूमिका रहेको खुश्मा असोज ३ गते देखि प्रर्दशनमा आउँदैछ ।
यो फिल्मको दुई वटा गीत बजारमा निस्किएका छन जस मध्ये एक महिना अघि रिलिज भएको खुशीका फूल बटुलेरले २७ लाख भ्यूज पाएको छ भने गत भदौ ९ गते निस्किएको अर्को गीत रुकुम मैकोटले अन्य फिल्मका गीतलाई पछि पार्दै फिल्मको सांगितिक बजारमा सवै भन्दा धेरै सफलता हासिल गर्न सफल भएको छ । रुकुम मैकोटले अन्य फिल्मका गीतलाई पछि पार्दै फिल्मको सांगितिक बजारमा सवै भन्दा धेरै सफलता हासिल गर्न सफल भएको छ ।
रिलिजको तीन हप्तामा युट्युब शीर्ष स्थान (ट्रेन्डिङ वान) मा कब्जा जमाउँदै यो गीत सुपरहिट भईदिएको छ । बीस दिनमा गीतको भ्यूज ७० लाख नाघेको मात्रै छैन फिल्मको ट्रेलर समेत मुभिज सेक्सनको ट्रेन्डिङ वानमा उक्लिएको छ यतिखेर ।