नाच्न मन लाग्ने तेल भिसाको नयाँ गीत : तर दृश्य भाषा कमजोर

काठमाण्डौँ । अभिनेता विपिन कार्कीको दोहोरो भूमिका रहेको फिल्म तेल भिसाको दोश्रो गीत रिलिज भएको छ ।

मंसिर ७ गतेलाई रिलिज लक्ष्य राखिएको फिल्मको नाच्न मन लाग्ने प्रकृतिको गीत रिलिज भएको हो । पूराना जमानामा बज्ने टाइपको गीत सुन्दा क्याच्ची लाग्छ । विशेष गरी गायन पक्ष र राजन ईशानको बलियो ऐरेन्जमेन्टले अडियोलाई पावरफूल बनाएको छ । लिरिक्समा कृष्ण भारद्धाज सहित अन्य तीन जनाको नाम छ ।

लिरिक्स केलाउँदा तुकुनको मुकुन मन पर्या हुकलाईन स्ट्रोङ नै सुनिएको छ । शान्तिश्री परियार र साईराज खातीको गायनले दृश्यमा देखिएका कलाकारलाई सपोर्ट गरेको छ । नेपाली संगीतको बजारमा यो गीत कुन स्तरमा हिट होला त्यो भोलिका दिनले बताउला तर यो गीतको भिडियो भन्दा अडियो बेटर छ ।

गीतको दृश्य भाषामा कोरियोग्राफर रामजी लामिछानेको मिहिनेत पुगेन वा प्रोडक्सन टिमले उनलाई भने जस्तो सपोर्ट गरेन त्यो भने उनीहरुनै जानुन तर हामीले गीत हेर्दा दृश्य कमजोर देख्यौ । कमजोर यसर्थमा कि सेट र आर्ट वर्क फितलो भईदिदा गीतमा गल्शी पुगेन र कोरियोग्राफरको मिहिनेत अनुसार गीतको भिजुअल निस्किएन ।

यसैगरी गीतमा जाहन्वी बस्नेतसँग नाचेका प्रिन्स युवराज कार्की म्याचिङ देखिएनन । श्री स्वस्थानीकी ७ बर्षीया गोमा ब्राम्हणी र ७० बर्षीय शिव शर्माको जोडी जस्तो । गीतमा प्रिन्स र जाहन्वीले राम्रो नाचेता पनि जोडी बनाईनु गलत डिसिजन हो  । गीतमा  सेम उमेरका अन्य कलाकार खेलाईनु पथ्र्यो यसरी जान्हवी र प्रिन्सलाईसंगै नचाउनु हुँदैन थियो । 

उता बृद्ध बनेका विपिन कार्की र पूजा चन्दकोजोडी सुहाउँदो देखिएको छ । गीतमा बुद्धी तामाङ पनि देखिएका छन । शंकर घिमिरको निर्देशनमा बनेको यो फिल्ममा बर्षा राउत अर्की मुख्य अभिनेत्रीका रुपमा खेलेकी छिन भने लामो समयको अन्तरालपछि अभिनेत्री ऋचा घिमिरे पनि यो फिल्म मार्फत कमब्याक गर्दैछिन । हेर्नुस गीत

Leave a Reply