काठमाण्डौँ । म तिम्रा अघि पर्न लायक कहाँ छु, त्यसैले अघि सर्न लायक कहाँ छु । आज कुशे औँसी , बुवाको मुख हेर्ने दिन र राष्ट्रिय विभूति युवा कवि मोतिराम भट्टको १५९ औँ जन्मजयन्ती पनि । माथिका हरक युवा कवि मोतिराम भट्टले लेखेको एक कविताको पङ्क्ति हो । जसको तात्पर्य हुन्छ । म कुनै हिसावले सक्षम छैन । योग्य छैन । यस्ता लाईन नेपाली फिल्म नगरीका थुप्रै कन्टेन्टमा लागु हुन्छन ।
विशेषगरी श्रावण लागे देखि निस्किएका नेपाली फिल्मका केही कन्टेन्टमा उक्त कविताका लाईन ठ्याक्कै म्याच हुन्छन । न हेर्न लायक न शेयर गर्न लायक । जोहोस । आफ्नो बलबुतो, र क्षमताको प्रभाव फिल्मकर्मीहरुले आ–आफ्ना कन्टेन्टबाट देखाईरहेका छन र यस्तै हिम्मतका साथ आफ्नो कामको मुल्याकंन होस भनेर पूर्ण बहादुरको सारंगी टिमले टिजर निकालेको छ ।
गीतका केही लाईन समेत समावेश गरिएको टिजर हेर्दा लाग्छ नेपाली फिल्म नगरीले एउटा सुन्दर सृजनाको रुपमा पूर्ण बहादुरको सारंगी फिल्म पाउँदैछ । फिल्मको टिजरमा अभिनेता विजय बरालको बुवाको भूमिकामा देखिएको चरित्रले पूर्ण ध्यान खिच्छ । अर्का मुख्य पात्रको रुपमा प्रकाश सपूतको भूमिकाले बुवा -छोरा बीचको सम्बन्धको प्रगाढतालाई दर्शाउछ ।
सधै जसो उस्तै प्रकृतिका रोलमा देखिरहने विजय बरालको यो चरित्र माईलस्टोन बन्न सक्छ । ४० बर्षीय विजय ६० बर्षको बृद्ध भूमिकामा पूर्ण रुपमा सुहाएका छन ।
शिव राम श्रेष्ठको क्यामेरा र्वक लाईटिङले फिल्मको दृश्य भाषा ब्रिलियन्ट बनेको छ । अझ भन्नै पर्ने कुरा त के छ भने यो टिजरको अर्को सशक्त पक्ष भनेको संगीत देखिएको छ । टिजरमा समावेश गीतले दर्शकलाई पूर्ण रुपमा होल्ड गर्न बाध्य बनाउँछ । शब्द , संगीत पनि मिठा । गायन शैली पनि मिठो र साथमा राखिएको बाबु छोरा बीचको सम्बाद पनि पावरफूल ।
सम्रगमा भन्नू पर्दा एउटा गरिव गाईने बुवाले छोरो पढाएर ठूलो मान्छे बनाउँन बोकेको सपना र छोराले हासिल गरेको लक्ष्य बीचको ईमोश्नल स्टोरी प्रेजेन्ट गर्न पूर्ण बहादुरको सारंगी टिम पूर्ण रुपमा सफल भएको समीक्षा हामी गर्दछौँ ।
आगामी कात्र्तिक १५ गतेलाई रिलिज लक्ष्य राखिएको फिल्मलाई सरोज पौडेलले निर्देशन गरेका हुन, कथा पनि उनै हो , निर्माण भने सेभेन सिज ईन्टरटेन्मेन्टले गरेको हो । हेर्नुस टिजर