काठमाण्डौँ । बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले चलचित्र बिकास बोर्डको अध्यक्षमा फिल्म निर्देशक दिनेश डिसीलाई नियुक्त गरेको खबर अनलाईन खबरले छापेको छ ।
गत श्रावण दश गते देखि रिक्त रहेको बोर्ड अध्यक्ष पदमा यस अघि अभिनेता भुवन केसी थिए । भुवनको विदाई लगत्तै श्रावण १६ गते सूचना तथा सञ्चार मन्त्रालयले रिक्त रहेको बोर्ड अध्यक्षका लागि आवदेन खुल्ला गरेको थियो ।
२७ बर्ष देखि नेपाली फिल्म क्षेत्रमा निरन्तर सक्रिय रहेका डिसी नेकपा एमाले निकट हुन । विशेष गरी उनी एमाले अध्यक्ष एवं हालका प्रधानमन्त्री केपी ओलीका प्रिय फिल्मकर्मीमा पर्दछन ।
कुशल सञ्चारकर्मी समेत रहेका डिसीले लामो समय रेडियो कान्तिपुरमा स्टेशन म्यानेजर भई काम गरेको अनुभव छ भने कान्तिपुर टेलिभिजन सहित अन्य थुप्रै सञ्चारगृहमा कुशलतापूर्वक कार्यभार सम्हालिसकेका छन ।
केही समय अघि चलचित्र निर्देशक समाजको अध्यक्ष हुँदा समेत राम्रो काम गरी देखाएका डिसी प्रशासनिक र कुटनीतिक दुवै पक्षमा अब्बल रहेको हुँदा उनको बोर्ड नियुक्तीलाई लिएर सामाजिक सञ्जालमा बधाईको ओईरो आउँन थालेको छ ।