फरक गर्ने प्रयाशमा कहाँ चुक्यो रावायणको नयाँ गीत : के अर्जुनसँग सहकार्य टुट्नुको नतिजा हो त ?

अनुप भट्टराई

काठमाण्डौँ । हुन त गीत नचल्दैमा फिल्म चल्दैनन भन्ने आधार हुँदैन तर गीत चल्यो भने चाँहि फिल्म चलाउन केही न केही राहत भने अवश्य हुने गर्दछ ।

तसर्थ कुनै पनि मेकरहरुले आफना फिल्मका गीत हिट भएनन भनेर टाउको ठोकाई हाल्नु पर्दैन । हतार-हतार गरेर रातारात नयाँ गीत बनाउन पनि पर्दैन । किन कि टिजर र ट्रेलर मात्रै राम्रो निस्किएको खण्डमा पनि फिल्म स्वत : चलिहाल्छन । उदाहरणको रुपमा गत बर्ष रिलिज भएको महाजात्राको व्यापारलाई हेरे पुग्छ र फल्प भएको गीतलाई सम्झिए हुन्छ ।

तसर्थ हामी यहाँ के जोड्दैछौ भने भदौ २१ गते देखि प्रर्दशनमा आउँन लागेको पल शाह र पूजा शर्मा स्टारर फिल्म रावायणको नयाँ गीतले संगीत बजारमा अपेक्षित सफलता हात पार्न सकिरहेका छैनन जसरी अन्य नयाँ फिल्मका गीतले जस्तै ।

अघिल्लो पटक निस्किएको रावायणको गीतको अडियो भन्दा सेटको र सेटको भन्दा ज्यादा कोरियोग्राफीको चर्चा भईदियो । यत्रो दिन सम्म पनि युट्युबमा गीतको भ्यूज १७ लाख काटेको छ बल्ल । र हिजो दोश्रो गीत निकालियो जुन गीतलाई नियाल्दा हामीले यो गीतमा पनि बजारमा तहल्का पिटाउने तत्व भेट्न सकेनौ ।

नयाँ गीतलाई केही फरक शैलीमा बनाउँने कोशिस गरिएको छ यध्यपी हिजोका दिनमा संगीतकार अर्जुन पोखरेलसँग सुर्दशन पूजाले सहकार्य गरेर निरन्तर हिट गीत दिएका थिए त्यसैगरी रावायणको गीत हिट हुने आधार कम देखिन्छ ।

मुख्यत गीतको ओपनिङमै केटाले गाएको कन्टिन्यूटि ल्याण्ड गर्न सकेको छैन । ‘अब मेरो तिमिलाई नै माया गर्ने काम हुन्छ हैन भने दुनियामा मायानै बदनाव हुन्छ ।’  गीतलाई त्यहीबाट  पुनः उठाउँन हतार भईदिदा हुकलाईन कमजोर भईदिएको हो कि भन्ने हामीलाई लागेको छ । । यो लाईनमा केटीले क्रस गरेर उठाएको भए बरु केही बेटर हुने थियो ।

यो प्रकृतिका गीत हिट नहुने भन्ने हुँदैन  तर यहाँ गीतमा मिठास हुँदा हुँदैपनि हुकलाईन मासमा झुन्डिने खाले क्याच्ची बन्न बाट चुकेको छ । यस्ता मोडलका गीतहरु सुन्ने हो भने स्वप्न सुमन र समीर श्रेष्ठका गीतहरुलाई सम्झिए हुन्छ । गाजल त्यो तिम्रो मेटाईदेउन । जसका हुकलाईन स्ट्रोग छन ।

निर्देशक सुर्दशन थापाको टिमले संगीतकार अर्जुन पोखरेलसँग मिलेर बनाएका विगतका फिल्मका गीतहरु सुन्ने हो भने ती गीतहरुमा प्रशस्तै हुकलाईन हुन्थे जसकारण फिल्म भन्दा ज्यादा गीत चले हिजोका दिनमा । प्रदीप खड्कासँग पूजाले खेलेको प्रेम गीत फिल्ममा त सवै गीत बल्कबष्टर भईदिएका थिए । जसले नेपाली फिल्म उद्योगमा एउटा राम्रो रेकर्ड कायम गरेको थियो । म यस्तो गीत गाउँछु र त्यसको सिक्वेलमा पनि प्राय सवै गीत हिट छन । फिल्म फल्प भएपनि सम्हालिन्छ कहिले मनका गीत हिट थिए तर यो प्रोजेक्टमा सुर्दशन पूजाले नयाँ टिमसँग सहकार्य गर्दा गीत हिट हुने आधार कम देखिएको छ । 

फिल्म रामकहाँनीको एक कार्यक्रममा सुर्दशन थापा र अर्जुन पोखरेल

गीतलाई उनीहरुकै टिममा पर्ने डा.कृष्णहरी बरालले लेखेका हुन भने गायन तर्फ भारतका लोकप्रिय प्लेव्याक सिंगर कुनाल गन्जवाला र सोनु कक्करले गाएका हुन । संगीत उतै पारिका निरज सिहंको हो । यो गीतमा गायक गायिका र लिरिशिष्टको भन्दा पनि कम्पोजर निरजको आईडिया ठिक ठाउँमा लाग्न नसकेको हो कि भन्ने हाम्रो निस्कर्ष छ ।

भिजुअल ट्रिटमेन्टमा भने कोरियोग्राफर रामजी लामिछानेलाई भरपुर सेट दिईएको छ । गीत हेर्दै जाँदा भिजुअल क्वालिटी भयंकर स्टयाण्डर्ड  छ ।  सिनेमाटोग्राफर सौरभ लामाको ब्यूटिफूल क्यानभासमा पल र पूजा व्यटिफूल पेयर देखिएका छन । कोरियोग्राफर रामजी लामिछाने माथि निर्देशक थापाको मनिटर राम्रो देखिएको छ । 

तर समस्या भनेको उही कम्पजोरले तयार गरेको हुक लाइन हो जसकारण विगतका फिल्मका गीत जस्तै  रावायणको गीत हिट हुन चाँहि मुस्किल छ है काजी साब । यानिकी निर्देशक सुर्दशन थापा ज्यू ।  

 

Leave a Reply