ज्वाइँ साबको टिजर रमाईलो बनाउँने प्रयाश तर अझै अपेक्षित भएन किन ?

काठमाण्डौँ । दशैँको फुलपातिका दिन देखि छक्का पञ्जा ५ र १२ गाउँसँगै प्रर्दशनमा आउँन लागेको फिल्म ज्वाइँ साबको टिजर रिलिज भएको छ ।

बसन्त निरौलाद्धारा निर्देशित फिल्मको टिजरमा जीतु नेपाललाई ज्वाइँ बनाउँन गरिएको प्रयाश रमाईलो तरिकाले देखाउन खोजिएको छ । तर यहाँ धेरै लेखौँ भने दीपकराज गिरीले भने जस्तै साईबर सेनाको अट्याकले भुतुक्कै पार्छ कम लेखौ न्यूज फिल्मीका पाठक निरास बन्न सक्छन ।

तसर्थ मध्यमार्गी भएर ज्वाइँ साबको टिजरको समीक्षा गर्ने हो भने यो फिल्मको टिजर रमाईलो तरिकाले बनाउँने प्रयाश गरेको त देखिन्छ तर जति अपेक्षा गरिएको थियो त्यो पूरा गर्न चाँही टिमले अझै नसकेको हो कि भन्ने हामीलाई लागेको छ । याद गर्नुहोला । हामीलाई मात्र लागेको हुन सक्छ । अरुलाई राम्रो लाग्न सक्छ । किन भने कथामा प्रशस्त कमेडी एलिमेन्टस देखिएका छन । मेकिङ स्टाईल जे जस्तो भए पनि फिल्म हलमा पुग्दा दर्शक होल्ड हुन सक्छन कि भन्ने ठाउँहरु देखिएका छन ।

तर भन्नै पर्ने कुरा के छ भने फिल्मको क्यानभास र प्रोडक्सन भ्यालु पनि अझै माथिल्लो स्तरको आउँनु पर्दथ्यो । डाईलग बाजी पनि अझै कस्सिला र रसिला राख्नु पर्दथ्यो । यस्ता क्लिशे हैन । शायद त्यो ट्रेलरलाई जोगाईएको हो भने अलग कुरा तर टिजर जस्तो कुरामा दर्शकलाई होल्ड राखिराख्न कुनै कसर बाँकी राख्न हुन्न थियो । आस गरौँ । ज्वाइँ साब टिमले ट्रेलरमा यि पक्षलाई बलियो बनाएर निकाल्ने छ ।

अनि अर्को कुरो  बेहुलीले बर रोजेर बरनैलाई बेहुलीको घर भित्राईएको दृश्यमा रोचकता भएतापनि यो दृश्य देखाई हाल्नु अर्को ब्लन्डर भयो कि भन्ने हामीलाई लागेको छ ।

बर रोज्न हात्ती माथि चढेर आएकी दुलही नीतिका अगाडी जसरी तीन-तीन जना दुलाह देखाइयो ? बुद्धी तामाङ, हिमेश पन्त र जीतु नेपाल । त्यही टिजर ईन्ड गरेको भए यसले थप रोचकता पैदा गर्दथ्यो तर त्यही दृश्यलाई काट्ने गरी जितु नेपाल लाई बरको रुपमा रोजेर दुलही भित्राए जस्तै गरी  दियो बत्ती निभाउँदै घर प्रवेश गराएको दृश्यले माथि भनेको दृश्य भावलाई काटेको भान हामीलाई भैदिएको छ ।  

टिजर मेकिङमा कि त हात्ती माथि चढेर आएकी बेहुलीले दुलाहा रोजेको प्रसंग देखाउनु हुँदैन थियो कि  बर भित्राएको दृश्यलाई मात्र राख्नु पर्थियो । जे होस , हामीले यो प्रसंग केलाएर टिमको कामलाई अन्डरस्टेमट गर्न चाँहि खोजेका हैन बस आफूलाई लागेको कुरा यहाँ लेखेका हौँ ।  हेर्नुस रमाईलो बनाउँने प्रयाश गरिएको ज्वाइँ साबको टिजर यस्तो बनेको छ ।