काठमाण्डौँ । आगामी मंसिर सात गतेलाई रिलिज लक्ष्य राखिएको फिल्म तेल भिसाको पहिलो गीत रिलिज भएको छ ।
फिल्मका मोन्टाज दृश्य संयोजन सहित तयार गरिएको मार्मिक गीत हेर्दा दर्शकको ध्यान खिच्ने पावर देखिएको छ भने गीतको अडियो पक्षले मनका कुना कन्दरा छुन सक्ने सामथ्र्य देखाउछ ।
हर्क साउदका शब्द सृजनालाई संगीतकार कल्याण सिहंका संगीत संयोजनले ज्यान भरिदिएको छ भने निशान भट्टराई र समीरा थपलियाको गायन शैली अझै मिठो सुनिदा यो गीत एउटा सुन्दर सृजना बनेर निस्किएको छ भन्दा फरक नपर्ला ।
दृश्य भावमा एडिटर अन्जे खड्काले गीतका शब्द– शब्द अनुसार दृश्य केलाई- केलाई छनौट गरेर राखेको देखिन्छ जसले गर्दा भिडियो हेर्दा बोर फिल हुन्न । सुसन प्रजापतिले खिचेका हरेक दृश्यले समग्र फिल्मको कथा सार भनेको झल्किन्छ । टिजर जस्तै छनक देखाउँने गरी तयार गरिएको गीतको सवै पक्ष अब्बल देखिएका छन । गीतमा विपिन कार्की छोरा र बाबुको भूमिकामा देखिएका छन भने युवा विपिनकी श्रीमतीका रुपमा बर्षा राउत देखिएकी छिन ।
पूजा चन्द विपिनको आमा र श्रीमती दुवैको भूमिकामा देखिएकी छिन भने अभिनेत्री ऋचा घिमिरे लयरको भूमिकामा देखिएकी छिन । नेपाल अमेरिका दुवै तर्फका दृश्य समावेश गीतमा बुवा बनेका विपिन लाई जत्ति सुहाएको छ छोरा विपिन पात्रलाई पनि उत्तिकै सुहाएको देखिन्छ । लामो समय पछि पूजा चन्द र ऋचा घिमिरेको कमब्याक सार्थक बन्ने छनक दृश्यले देखाएको भान भैदिएको छ ।
निर्माताका रुपमा अनिल पाण्डे, शिवराज कार्की र प्रिन्स युवराज कार्की सहित निर्देशक शंकर घिमिरले यो फिल्म मिलेर बनाएका हुन । घिमिरेले पनि १२ बर्षको अन्तरालमा यो फिल्म निर्देशन गरेका हुन । हेर्नुस गीत