उदाहरणीय काम भन्दै केकीको बोक्सीको घरलाई दुई अवार्ड
काठमाण्डौँ । नेपालको सवै भन्दा ठूलो मल्टीप्लेक्स चेन QFX Cinemas ले सर्वाधिक कमाई गर्ने पाँच फिल्म, वितरण कम्पनी र तीन एड एजेन्सी लाई अवार्ड प्रदान गरेको छ ।
आईतबार साँझ काठमाण्डौको सोल्टी होटलमा आयोजित सक्सेस एण्ड ग्रोथ सेलिब्रेशन कार्यक्रमका बीच QFX ले आर्थिक बर्ष २०८०/८१ साल असार महिना देखि ८१ साल श्रावण मसान्त सम्म आफ्ना चेनमा रिलिज भएका मध्ये ग्रस कलेक्सनको आधारमा सर्वाधिक व्यापार गर्ने पाँच फिल्मलाई सम्मान गरेको हो ।
अवार्ड प्राप्त गर्ने फिल्मको सूचिमा क्रमश महाजात्रा, बोक्सीको घर, दिमाग खराब, पुजार सार्की र पशुपति प्रसाद २ भष्मे डन परेका छन । यसैगरी उल्लेखनीय व्यापारका साथमा फिल्म मार्फत उदाहरणीय कार्य गरेको भन्दै बोक्सीको घरकी प्रोड्यूर एवं अभिनेत्री केकी अधिकारीलाई थप अर्को अवार्ड पनि दिईएको थियो ।
फिल्म नगरीका पायनियर फिल्मकर्मीहरुको उपस्थितीमा आयोजित कार्यक्रममा QFX मा धेरै कमाइ गर्ने पाँच फिल्मका वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्ट एप्पल इन्टटेनमेन्ट, एफडी कम्पनी र ए.एट डिष्ट्रिब्युसन र डिजिटल सिनेमा नेपाल डीसीएन रहेका छन । यसैगरी विज्ञापन प्रसारणमा उत्कृष्टता हासिल गरेका तीन विज्ञापन एजेन्सी एडी रिलिज, म्याक्स मिडिया र अभानी कम्युनिकेसन सोलुसन लाई पनि क्युएफएक्सले अवार्ड प्रदान गरेको छ ।
नेपाली फिल्म नगरीको सवै भन्दा व्यवस्थित र उच्चकोटीको कम्पनीको रुपमा चिनिने QFX ब्रान्ड अन्र्तगात देशभर १७ वटा फ्रेन्चाईज चेन सञ्चालन छन जसमा ४० वटा पर्दा रहेका छन ।
कोभिड पश्चात पुनः आयोजित QFXको उक्त कार्यक्रममा कम्पनीका तर्फबाट नकिम उद्धीन, भाष्कर ढुंगाना र राजेश सिद्धी लगायत उपस्थित फिल्मकर्मीहरुबाट अर्वाड प्रदान गरिएको थियो ।