काठमाण्डौँ । नेपाली मार्केटमा अत्याधिक रुचाईएको ईलेक्ट्रिक कार विवाईडी एट्टो थ्रीको अपडेटेड भर्सन सार्वजनिक भएको छ ।
कम्पनीका ब्रान्ड एम्बेसडर समेत रहेका अभिनेता हरिबंश आचार्यले विवाईडीको २०२४ मोेडेल सार्वजनिक गरेका हुन । एडभान्स र सुपेरियर गरेर दुई भेरियन्टमा उपलब्ध हुने यि गाडीको मूल्य भने पुरानै गाडी बराबर राखिएको कम्पनीका सिईओ साहिल श्रेष्ठले बताएका छन । सिईओ श्रेष्ठका अनुसार एड्भान्स्ड भर्सनको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने सुपेरियर भर्सनको मूल्य ६७ लाख ८० हजार रुपैयाँ राखिएको छ ।
हरिबंशले चाँहि अपेक्षा गरिएको भन्दा राम्रो गाडी विवाईडी रहेको दावी गर्दै भनेका ‘छन यहि छिमेकी राष्ट्र चाईनमा बनेको विवाईडी पहिलो पटक अष्ट्रेलियामा देख्दा अचम्म लागेको थियो र नेपालमा पनि कहिले आउँला जस्तो लागेको थियो जेहोस अहिले जो कोहीले विवाईडी चढेर हिडेको देख्छु ।’
नयाँ मोडेलमा १५.१६ इन्चको स्क्रिन, र चार ओटा कलर भेरियन्ट (सर्फ ब्लु, कस्मस ब्ल्याक, बोउल्डर ग्रे, र स्कि ह्वाइट) उपलब्ध छन्। सुपेरियर भर्सनमा ६०.४८ किलोवाट आवर क्षमताको ब्याट्री राखिएको छ, जसले एक पटकको चार्जमा ४२० किलोमिटरको रेन्ज दिने दाबी गरिएको छ।
नयाँ भर्सनमा टेल ब्याजमा बीवाईडी लेखिएको छ र इन्टेरियरमा डार्क ब्लु र ब्ल्याकको संयोजन देख्न सकिन्छ। यसलाई मोबाइल एपबाटै कन्ट्रोल गर्न सकिन्छ। एड्भान्स्ड भर्सनमा ४९.९२ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ, जसले ३४५ किलोमिटरको रेन्ज दिने क्षमता राख्छ।
मिस नेपाल वल्र्ड आश्मा कुमारी केसी सहित पूर्व बैंकर अनिल केसरी शाहको समेत उपस्थितीमा आयोजित कार्यक्रममा कम्पनीका सिईओ श्रेष्ठले कम्पनीको प्रगती विवरणका बारेमा पावर पोइन्ट प्रेजेन्टेशन समेत दिएका थिए ।
नेपालको लागि आधिकारिक विक्रेता रहेको साइमेक्स इङ्कले विवाईडी अटो थ्री २०७९ सालमा नेपालमा भित्रिएको थियो जसले दुई बर्षको अवधिमै २५ सय यूनिट भन्दा गाडी बेच्न सफल भईसकेको छ ।