काठमाण्डौँ । निकै राम्रो टि.आर.पी हुँदा हुँदै पनि बन्द गरिएको टेलिभिजन सो आम्मा कसम यहाँ दुख्छ को टिमले निकाल्न लागेको नयाँ कार्यक्रम कमेडी दरबारको प्रोमो रिलिज भएको छ ।
कन्टेन्ट किङ्ग विक्की अग्रवालको परिकल्पना एवं निर्देशनमा तयार भएको नयाँ सोमा बरिष्ठ अभिनेत्री गौरी मल्ल देखि लिएर बिजय बराल , नम्रता सापकोटा लगायतका नयाँ पुस्ताका कलाकारहरु हिमेश पन्त, सुन्दर खनाल, पवन खतिवडा म्याकुरी, विकास अर्याल , उत्सव खतिवडा, तथा सञ्चारकर्मी समेत रहेकी सुजिता श्रेष्ठ र गायक सिडी बिजय अधिकारी सम्मलाई देख्न सकिन्छ ।
पहिलो एपिसोडमा दयाहाङ राई र रेखा थापा गेष्ट बनेर पुगेको प्रोमो हेर्दा लाग्छ यो सोले दर्शकलाई पेट मिचिमिची हसाउँछ । कलाकारहरुको कन्टेन्टमा भरपुर खुराक छ । पर्फमेन्स पनि उत्तिकै राम्रो , रोष्ट पनि त्यस्तै मज्जाको ।
यो सोले विशाल भण्डारीको कमेडी क्लब लाई राम्रै चुनौति पनि दिन सक्छ । तर कमेन्ट गर्नु पर्ने एउटा बाध्यता के देखियो भने यो कार्यक्रमको सेट निकै साँघुरो देखिएको छ ।
सेट साँघुरो देखिदा, प्रप्स, डिजाईन र समग्र सेटअप मात्र हैन क्यामेरा वर्कको रिजल्ट पनि फितलो निस्किएला कि भन्ने भान ट्रेलरले देखाएको छ । तसर्थ आगामी एपिसोड सुट गर्दा विक्की अग्रवालको टिमले सेटमा ध्यान दिएको खण्डमा यो सोले पनि नेपाली टेलिभिजन सोहरुको भिडमा एउटा छुट्टै पहिचान दिलाउँने पक्का छ ।
कार्यक्रम भदौँको १४ गते ऋषि धमलाको प्राईभ टिभि र ओएसआर रियालिटी प्लेटफर्मबाट विश्वभर प्रसारणमा आउँने जनाईएको छ । हेर्नुस ट्रेलर