बर एण्ड बधुको ट्रेलर मेकिङ शतप्रतिशत राम्रो : तर तीन कारण हुन सक्छ जोखिम ?

अनुप भट्टराई

काठमाण्डौँ । फिल्मको ग्रामरलाई ध्यान दिएर हेर्ने हो भने बर एण्ड बधुको ट्रेलर मेकिङले त्यो मापदण्ड शतप्रतिशत पूरा गरेको छ । हालै सार्वजनिक भएको ट्रेलर हेर्दा निर्देशक मिलन चाम्सको निर्देशन शैलीमा थप निख्खारता आएको प्रष्टीन्छ ।

रोमानिया सहित नेपालमा सुट गरिएको फिल्मको ट्रेलर हेर्दा केही समय अघि बलिउड तिर बनिरहेका उच्च कोटीका कमर्शियल फिल्महरु जस्तै देखिएको छ । ट्रीटमेन्टहरु पनि राम्रो  छ । ज्योतिषी बनेका किरण केसी र उनको गर्लफ्रेण्ड बनेकी कुसुम शर्माले सुरुवातमै मन जित्ने प्रस्तुती दिएका छन ।

आँचल शर्माको एटिटियूट यो फिल्ममा आएर बल्ल सुहाएको छ । नयाँ हिरो विवेकले पहिलो प्रोजेक्टमा चित्तबुझदो काम गर्ने प्रयाश गरेको देखिन्छ । तर उनले आगामी प्रोजेक्टमा थप मिहिनेत मात्र हैन लुक्स चेन्जमा पनि ध्यान दिदा भबिष्य उज्जवल हुन सक्छ । अभिनेता बिजु पार्की यो फिल्मबाट फिल्म नगरीमा अझै नोटिस्ड हुन सक्छन ।

विशेषत यो फिल्मको सवै भन्दा बेष्ट वर्क भनेको एडिटिङ र विजिएममा देखिन्छ । यिनै कारणले पनि निर्देशक चाम्स र डिओपीको सुदीप बरालको फलोरको मिहिनेतलाई पोष्टको कामले पूर्ण फिनिसिङ दिएको प्रष्टीन्छ ।

आगामी भदौँ १४ गते देखि प्रर्दशनमा आउँने तयारी साथ यूनिट यतिखेर फिल्मको प्रोमोशनमा व्यस्त छ तर फिल्मको बिजनेशलाई लिएर डर मान्नु पर्ने प्रमुख ३ कारण चाँहि के देखिन्छ । पहिलोमा फिल्मको प्रोमोशनको लागि समय नपुग्ला कि भन्ने जोखिमको अवस्था सृजना भएको छ । किन कि अब १४ दिन मात्र बाँकी छ फिल्म रिलिज हुनका लागि ।

दोश्रो, अहिलेको समयमा बम्बईया स्टाईलका फिल्महरु नेपालमा कम बनिरहेका छन । गाउँ घरकै लोकल सब्जेक्टमा फिल्म हेर्न रुचाउने दर्शकको संख्या बढीरहेको छ । तसर्थ प्रदीप भारद्धाजले लेखेको यो सब्जेक्टले त्यस्ता फिल्म हेर्न रुची राख्ने दर्शकलाई कतिको तान्छ वा तान्दैन भन्ने प्रश्न चाँहि छाडिदिन्छ । र तेश्रो,  कहिले काही नयाँ हिरोलाई मार्केटले स्वीकार गरिहाल्दैन । यो फिल्मबाट नयाँ हिरो विवेक कर्मचार्यले आँचलको अपोजिटको मुख्य रोलबाट डेब्यू गर्दैछन । तसर्थ दर्शकले यि नयाँ हिरोलाई कतिको स्वीकार गर्लान भन्ने जोखिम पनि त्यतिकै देखिन्छ । हेर्नुस ट्रेलर