काठमाण्डौँ । असोज ३ गते रिलिज गर्ने भन्दै एउटा गीत समेत निकालेको फिल्म ह्रस्व दीर्घ यूनिटले अन्तत : आफ्नो रिलिज डेट सार्ने निर्णय गरेको छ ।
केही बेर अघि अभिनेता हरिहर अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टेटस पोष्ट गर्दै फिल्मको प्राविधिक पक्षमा थप काम गर्न समय लाग्ने जनाउँदै रिलिज मिति पर धकेलिने उल्लेख गरेका छन । उनले लेखेका छन । ‘निर्धारित प्रदर्शन मिति असोज ३ मा आउने तयारीका बीच हाल मुम्बईमा पोस्ट प्रोडक्सनमा रहेको फिल्मको प्राविधिक टिमबाट फिल्मलाई थप उत्कृष्ट बनाउन विशेषत प्राविधिक कामहरू सम्पन्न गर्न थप समय लाग्ने भनि केहि समय माग भइ आएकोले उक्त मितिमा ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा ल्याउन असमर्थ हुने निर्णयमा पुगेका छौं ।’ हरिहरको पोष्टमा फिल्मको नयाँ रिलिज डेट उल्लेख गरिएको छैन तर स्टेटसले के जनाउँछ भने यो फिल्म दर्शक माझ आउँन अझ केही महिना लाग्ने छ ।
यो त भयो हरिहरका कुरा अब हाम्रो कुरा गरौँ । हामी चाँहि के दावी गर्छौ भने हरिहर आफैमा ज्योतिषी , चिना, टिप्पन, नक्षत्रको गणित निकालेर हेर्दा उनले गरेका भबिष्यबाणी त सजिलै मिलिरहेका बेला आफैले गरिरहेको कामको नजिता असोज ३ मै आउँछ भनेर उनी आफैले तय गरेको रिलिज डेटमा प्राविधिक कारण जनाउँदै एक्सक्युज माग्नु स्वभाविक लाग्दैन । असोज ३ सम्म काम सकिन्छ भनेर अस्ति भर्खर भनिरहेका हरिहरले आज आएर अचानक काम सक्न गाह्रो भयो भन्दै देखाएको बहाना कुनै हालतले सत्य लाग्दैन ।
किन कि ह्रस्व दीर्घ रिलिजको ठीक दुई हप्ता अघि रिलिज हुने पल शाहको रावायणले पेल्ने र रिलिजको दुई हप्ता पछि घटस्थापनका दिन निश्चल स्वस्तिमाको बेहुली फ्रम मेघौली र त्यसको अर्को साता छक्का पञ्जा ५ लगायतका अन्य फिल्महरुले चेप्ने हुँदा हस्व दीर्घ यूनिटले स्मार्ट मुभ गरेको प्रष्टीन्छ ।
यतिखेर रावायणको गीतको गायकी पनमा मौलिकताको अभाव र कोरियोग्राफीमा विभिन्न फिल्मको प्रभावको चर्चा चलिरहेका बेला भिजुअल क्वालिटी तथा कलाकारको पर्फमेन्सको अत्यन्त तारिफ चलिरहेको छ जसकारण फिल्मले बक्स अफिसमा राम्रै धक्का मार्ने संकेत देखाईरहेको छ ।
उता दीपक दीपाको छक्का पञ्जा ब्रान्डको के कुरा गर्नु । यिनीहरुको कामलाई सजिलै लल्कार्न कसैले मिल्दैन जव सम्म उनीहरुको कामको नतिजा हेरिन्न । लगालग सवै फिल्म बल्कबष्टर । छक्का पञ्जा- २ छाडेर सवै फिल्मको कन्टेन्टको प्रेजेन्टेशन राम्रो । सातमा सात । विश्वको फिल्म नगरीमा नभएको उदाहरण यिनीहरुको व्यानगरले लगातार प्रस्तुत गरिरहेको छ । हाल सालै रिलिज भएको उनीहरुको गीत माथि पनि अनेकन प्रश्नहरु उब्जिरहेका बेला उनीहरुको गीत पनि हिट हुने लाईनमा प्रवेश गरिसकेको छ । यसमा कसैले शंका नगर्दा हुन्छ अव । त्यसकारण यो टिमसँग जुध्न आउँनु भनेको आफ्नो सिंङ बलियो बनाएर आउँनु हो । तसर्थ पनि ज्योतिषी हिरोको तेश्रो आँखा यहाँ आएर खुल्नु राम्रो नै हो भन्दा फरक नपर्ला । उनी स्मार्ट त थिए नै यसरी प्रोजेक्ट बचाउन उनले गरेको स्मार्ट मुभको रणनीति तारिफ योग्य छ ।
यो निर्णलाई डराएर भागेको भनेर मिडियाले भन्नू पनि हुँदैन र स्वयम टिमले मान्नु पनि हुँदैन । जस्तै कि बाघले शिकार खेल्न दुई कदम पाईला पछि सारे जस्तै हो यो निर्णय गर्नु । किन यहाँ नेपाली कलाकारहरुको मात्र ईज्जत जोडिएको छैन । साउथ ईन्डियन फिल्मका लोकप्रिय कलाकार देखि लिएर नेपालका चिरपरिचित कलाकारहरुको पनि ईज्जत जोडिएको छ ।
ह्रस्व दीर्घ एक हिसावलै चल्नै पर्छ । जसले भबिष्यमा ईन्डो नेपाली फिल्म प्रोडक्सनमा थप उर्जा प्रदान गर्दछ । यसले हाम्रै कलाकर्मीहरुको भबिष्य सुनौलो बनाउँने छ । आज जसरी वारीको फिल्म खेल्न पारीबाट कलाकार प्राविधिक आए भोलि वारी बाट पारिको फिल्म खेल्न हाम्रै कलाकार्मी जानेछन कुनै दिन । तसर्थ अनिकालमा बिउ जोगाउनु र हुलमुलमा जिउ जोगाउने रणनीति प्रसंनसनीय छ ह्रस्व दीर्घ यूनिटको । फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन जसको परिकल्पना र मिहिनेतमा साउथका लोकप्रिय कलाकारहरु यो प्रोजेक्टमा जोडिएका हुन ।
हाल यो फिल्मको गीतको सेटको तारिफ अत्यन्त चलेको छ भने समीक्षा पनि अनेकन तारिकाले आईरहेका बेला गीतको एक लाईन मेरो मनको राजा हजुर, ओ मेरो राजा त , प्यारो होईसिन्छ , मेरो मनैमा राज गरिसिन्छ । ए , राजा , ए राजा, ए राजा… ए राजा बसेर नाचिस्यो, ए राजा उठेर नाचिस्यो, ए राजा घुमेर नाचिस्यो । भाईरल हुने क्रममा छ । गीतलाई दुर्गेश थापाले तयार गरेका हुन । जसको भ्यूज ७ दिनमा १७ लाख क्रस भईसकेको छ भने फेसबुक रिल्स र टिकटक पनि सयौँको संख्यामा बनिरहेको छ यतिखेर ।