एक्सन अवतारमा पूजाले देखाईन सम्भावना : मेट्लिन त रेखा थापाको झझल्को ?

काठमाण्डौँ । रेखा थापा जस्तै बन्न पाए हुन्थ्यो भनेर अन्र्तवार्ताहरु दिईरहने अभिनेत्री पूजा शर्माले रेखा थापाको झझल्को दिने गरी एक्सन अवतार देखाएकी छिन ।

पहिले पहिले रेखा थापाका अधिाँकश फिल्ममा यस्तै प्रकृतिका एक्सन हुने गर्दथे जसरी अहिले पूजाको नयाँ फिल्म दान्भीमा समावेश भएको देखिन्छ ।

रुपेश तामाङको निर्देशनमा बनेको दान्भी आउँदो असार ७ गते देखि प्रर्दशनमा आउँदैछ जसको ट्रेलर बिहिबार सार्वजनिक गरिएको हो । ट्रेलरमा कथा अलि कम देखाउँदै एक्सन ज्यादा देखाईएको छ जहाँ धमाकेदार शैलीमा पूजाले पर्फमेन्स दिएकी छिन । फिल्मको ट्रेलर हेर्दा लाग्छ कि अभिनय भन्दा राम्रो त पूजाले एक्सन पो गर्दिरहेछिन ।

फिल्मको फाईट डाईरेक्सन श्री श्रेष्ठले गरेका हुन भने मुख्य अभिनेतामा पूजाको जोडी बनेर बनेर कुन्साङ बमजन देखिएका छन । पुरुष तर्फ शिव श्रेष्ठ र महिला तर्फ रेखा थापाको एक्सनबाट आफूमा ईन्पिरेशन आएको भन्दै पूजाले यो फिल्ममा आफूले पूर्ण न्याय गर्ने गरी काम गरेको दावी गरेकी छिन । हेर्नुस  ट्रेलर