काठमाण्डौँ । आजबाट छायाँकनमा जान लागेको दीपक दीपाको नयाँ फिल्म छक्का पञ्जा -५ मा बर्षा शिवाकोटी मुख्य अभिनेत्रीका रुपमा भित्रिएकी छिन ।
फिल्मकी निर्देशक दीपाश्री निरौलाले आफ्नो फेसबुकको टाईमलाईनमा ‘शुभ प्रभात सबैलाई सधै झै आशिर्बाद दिनुस है दशैमा हलहलमा भेटौला ‘भन्दै फिल्मको फष्टलुक पोष्टर समेत सार्वजनिक गरेकी छिन ।
प्राय जसो सवै अभिनेत्रीहरुलाई पालै पालो फिल्म खेलाउँदै आएका छक्का पञ्जाका राजा उर्फ दीपकराज गिरीले यस पटक बर्षा लाई आफ्नो रानी बनाउँने बनाउँने तयारी गरेको फष्टलुकबाट बुझन सकिन्छ ।
फष्टलुककमा उनीहरु विहेको रिसेप्सन मुडमा देखिएका छन भने दीपक दीपाका एटिएम कार्ड मानिने केदार घिमिरे (माग्ने बुढा) अनुचर लुक अथवा छातेका भूमिकामा छाता ओढाएर सहयात्री बनेका छन ।
दीपक दीपाको एटिएम कार्डका रुपमा मानिने माग्ने बुढाले दीपकको फिल्ममलाई जंगे पिल्लर भएर सधै काध थाप्ने गर्दछन । आफूहरुको सफलताको मुख्य एक कडी माग्ने बुढा रहेको उनीहरु बताउँने गर्दछन र माग्ने बुढालाई एटिएम उपनामले उनीहरु आफै जिस्काउँने समेत गर्दछन ।
करिब ३ बर्ष अघि बलुवाटारमा रहेको एन्जल हर्स बग्गी खानामा आयोजित होलिको एक समारोह देखि दीपकराज गिरी र बर्षा शिवकोटी दुवैले एकले अर्कालाई नजिबाट ज्यादा चिन्ने मौका प्राप्त गरेका थिए ।