काठमाण्डौँ । हाल सफलता पूर्वक प्रर्दशन भईरहेको फिल्म पुजार सार्कीमा निकै राम्रो अभिनय गरेकी हिरोइन अञ्जना बराईलीलाई पूर्णबहादुरको सारंगी नामक अर्को फिल्ममा देख्न पाईने भएको छ ।
न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार अञ्जनाले पूर्ण बहादुरको सारंगीमा लिड रोल निर्वाह गर्दैछिन । मोडलिङ हुँदै फिल्म नगरीमा पाईला सुरु गरेकी अञ्जना त्यस्तो भाग्यमानी हिरोईनमा पर्न थालेकी छिन जसले खेलेको पहिलो डेब्यू फिल्म महापुरुष सुपरहिट भईदियो भने हाल प्रर्दशनरत उनको तेश्रो फिल्म पुजार सार्की पनि सुपरहिटको बाटोमा छ । दोश्रो फिल्म चित्रा भने त्यति सफल भएन । उनले खेलेका म्यूकिज भिडियोहरु भने प्राय सवै हिट छन ।
नेपाली फिल्मको अन्र्तराष्ट्रिय वितरणमा निकै सक्रिय रहेको सेभेन सिज ईन्टरटेन्मेन्टले पहिलो पटक निर्माण गर्न लागेको फिल्मका लागि अञ्जनालाई केही समय अघि अनुबन्ध गरेको थियो जसको आधिकारिक जानकारी टिमले केही दिनमा दिदैछ ।
आउँदो हप्ता जेठ २१ ग्ते देखि सिन्धुली जिल्लाका विभिन्न ग्रामिण भेगमा छायाँकन हुने फिल्ममा अञ्जना विजय बरालको जोडीका रुपमा देखिनेछिन । विजय यो फिल्मको लिड रोल पूर्णबहादुरको भूमिकामा खेल्नेछन जसको आधिकारिक जानकारी टिमले अझै बाहिर नल्याएपनि सार्वजनिक मोसन पोस्टरबाट बिजय फिल्मका मुख्य कलाकार भई खेल्ने रहस्य खुलिसकेको छ ।
फिल्ममा गायक प्रकाश सपुत पनि एक विशेष भूमिकामा देखिनेछ भने देशभक्त खनाल, भोलाराज सापकोटा, मुकुन भुषाल र विनोद न्यौपाने पनि टिमका हिस्सा भईसकेका छन । फिल्मलाई सरोज पौडेलको निर्देशन गर्नेछन । सिनेमाटोग्राफी डिर्पाटमेन्ट शिवाराम श्रेष्ठले हेरेका छन भने स्क्रिन प्ले डाईलग महेश दवाडी र संगीतको पाटो प्रशान्त शिवकोटीले हेरेका छन ।
फिल्ममाको मुख्य प्रोड्यूसरमा सेभेन सिजका प्रतिक सुवेदी र विनोद पौडेल रहेका छन भने एक्जुकेटिभ प्रोड्यूसरमा रमेश चौलगाई हरि श्रेष्ठको नाम छ ।