अब स्टारडम रिन्यू गर्ने पालो साम्राज्ञीको : लण्डन टु पेरिसले के गर्ला ! हेर्नुहोस ट्रेलर

काठमाण्डौँ ।  फर्की फर्की बाट जसरी अनमोल केसीले आफ्नो स्टारडम रिन्यू गरे त्यसैगरी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले पनि स्टारडम रिन्यू गर्नुपर्ने बेला आएको छ ।

यहि आउँदो जेठ २५ गतेबाट प्रर्दशनमा आउँन लागेको सम्राज्ञीको लण्डन टु पेरिसले फिल्मी बजारबाट राम्रो रेष्पोन्स पाएन भने सम्झिनुस साम्राज्ञीलाई फिल्म नगरीमा टिक्न गार्हो हुने छ । बिक्नका लागि अझै थुप्रै कसरत गर्नुपर्नेछ ।

समीक्षात्मक रुपमा फिल्म कमजोर होस वा नहोस तर व्यापारिक दृष्टीकोणबाट भने लन्डन टु पेरिस चल्नै पर्ने हुन्छ साम्राज्ञीका लागि भएपनि । किन कि यो फिल्मले साम्राज्ञीको स्टारडम रिन्यू गरेमा मात्र थप केही बर्ष उनको डिमान्ड र चर्चा फिल्म नगरीमा हुनेथियो । उनी जत्तिकी बोल्ड अभिनेत्री फिल्म नगरीका लागि सधै चाहिरहन्छ ।

तर केही दर्शकबाट यो फिल्म माथि अनाहकमा बर्षिरहेको गाली र खिसिटियूरीले यो फिल्मका मेकरहरु स्ट्रेशमा छन । त्यस माथि यहि फिल्मसँग दयाहाङ राईको गाउँ आएको बाटो पनि प्रर्दशनमा भिड्न आएपछि टिम अहिले थप तनावमा छ ।

बिशेष गरी पुजार सार्की तर्फ प्रदीप खड्का र फर्की फर्की तिर अनमोल केसीका फ्यानहरुका बेतुकका कमेन्ट र प्रश्न यो फिल्मका नव अभिनेता निश्चल खड्काले पाईरहेका छ । निश्चल नयाँ छन कोशिष राम्रो छ उनको । सुरुवाती दिनमा अनमोल र प्रदीपको समेत यतिको राम्रो रिजल्ट थिएन तर आज अनमोल र प्रदीपका फ्यानहरु निश्चल माथि खनिनु न्याय संगत छैन ।

आईतबार सार्वजनिक ट्रेलरमा निश्चतलले भरपुर राम्रो काम गर्ने प्रयाश गरेका छन । ट्रेलर हेर्दा फिल्मको आउटलाईन, प्लट, डाईलग र स्क्रिनप्लेमा प्रदीप भारद्धाज र निर्देशक घनश्याम लामिछाने मिहिनेत देखिन्छ । राम्रो काम गर्ने अभिनेता कविर खड्का नोटिस्ड हुने गरि काम गरेका छन भने गरिमा शर्माले डेब्यू रिजल्ट सुखद पाउँने छनक देखाएकी छिन । ट्राभल लभस्टोरी प्रजेनटेशन रहेको फिल्मको ट्रेलर यस्तो बनेको छ हेर्नुहोला ।