आचार्यको पावरफूल ट्रेलर : भक्तराजको छायाँ सत्यराजमा दुरुस्तै

काठमाण्डौँ । भजन शिरोमणी भक्तराज आचार्यको वायोपिकमाथि बनाईएको फिल्म आचार्यको पुन : प्रर्दशनका लागि नयाँ ट्रेलर सार्वजनिक भएको छ ।

केही बेर अघि सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपन देखि गीत संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि त्यस पश्चातको निर्दीय जिन्दगीलाई गज्जवका साथ प्रस्तुत गरिएको छ ।
करिब १४ बर्ष अघिनै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्य प्रति श्रद्धाञ्जली भन्दै सिल्क रोड पिक्चर्सले आउँने असार ७ गते देखि फिल्मको पुन : प्रर्दशन गर्न लागेको हो । ३५ बर्ष देखि दूध मात्र पिएर बाँकी जिवन विताईरहेका भक्तराजको निधन केही महिना भएको थियो ।

फिल्ममा भक्तराजको भूमिकामा जेठा छोरा गायक सत्यराज आचार्यले अभिनय गरेका छन । उनले यो फिल्ममा भक्तराजको छायाँलाई समेत दुरुस्तै उतारेका छन । फिल्ममा अरुणा कार्की भक्तराजको श्रीमती भएर खेलेकी छिन भने सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई , विपिन कार्की जस्ता अहिलेका सुपरस्टारहरुलाई समेत देख्न सकिन्छ ।

प्रशान्त रसाईलीको निर्देशनमा बनेको यो फिल्मले १४ बर्ष अघि बक्स अफिसशमा सफलता हासिल नगरेपनि समीक्षकहरुको दृष्टीकोणमा उत्कृष्ट नतिजा पाएको थियो । हेर्नुस  फिल्मको पावरफूल ट्रेलर ट्रेलर