छोटो समयमा गरिमाले मारिन फड्को : किनिन ४० लाखको गाडी

काठमाण्डौँ । सफल अभिनेत्री हुने दौडमा कसरत गरिरहेकी मोडल गरिमा शर्माले गाडी किन्न सफल भएकी छिन ।

करिब १ सय ७० वटा जति म्यूजिक भिडियो खेल्नुका साथै तीन वटा फिल्ममा अभिनय समेत गरेर रिलिज कुरी रहेकी गरिमाले बीवाइडी डल्भिन गाडी किन्न सफल भएकी हुन ।

छोटो संघर्षका बीच गाडी किनेको खुशीयालीमा उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेकी छिन जुन सपना देखेर म्युजिक क्षेत्रमा प्रवेश गरे, यहाका अग्रजले मलाइ पत्याएर विश्वास गर्दिनुभयो । सबैप्रति आभारि छु। दर्शकले दिनुभएको मायाप्रति नतमस्तक छु। हजुरको प्रेरणा र हौसला अनि मेरो परिश्रमले गर्दा आज मेरो सहयात्रीको रुपमा एउटा सदस्य थप्न सफल भएको छु । मेरो जिवनका हरेक आरोह अवरोह हजुरसंग शेयर नगरि बस्न सक्दैन । अझै धेरै माया र आशिर्वादको अपेक्षा गर्दछु । मलाइ गर्व छ मेरो कर्मक्षेत्रप्रति अनि अगाध माया पनि ।’

फेसबुकमा नयाँ गाडी सहितको तस्बिर शेयर गरिरहदा गरिमाले बीवाइडीनै किन रोज्ने भन्दै यो ब्रान्डको प्रोमोसन गर्दै फिचरको बारेमा समेत लेखेकी छिन । जसबाट के बुझ्न सकिन्छ भने कम्पनीले गरिमालाई गाडी किन्नमा भारी सहयोग गरेको हुन सक्छ ।

बजार मूल्य अनुसार बीवाइडी डल्भिनको रेट करिब ४० लाख छ जसलाई थोरै व्यस्त हुने र ठिकै कमाउँने व्यक्तिहरुले वैकिङ सुविधामा सजिलै किन्न सक्छन ।

गरिमा यति खेर जेठ २५ गते देखि प्रर्दशनमा आउँन लागेको आफ्नो पहिलो फिल्म लण्डन टु पेरिसकको प्रोमोशनमा व्यस्त हुन थालेकी छिन ।

Leave a Reply