काठमाण्डौँ । जेठ १० गतेदेखि प्रर्दशनमा आउँन लागेको फिल्म पुजार सार्कीको मन छुने गीत रिलिज भएको छ ।
केतन क्षेत्रीको स्वरमा सजिएको गीतले मुटुका तारहरु कही कतै छुन सक्छन । विशेष गरी अडियोलाई उठाउँन प्रयोग गरिएका भिडियोका दृश्यले गीतलाई पूर्णता दिएको छ ।
सार्वजनिक गीतमा आर्यन सिग्देलको ईमोश्नल मुडमा अञ्जना बराईलीको भावले दृश्यमा ध्यान खिच्नि सफल भएको छ । त्यसैगरी गीतको अन्तिममा परालको टालमा नव अभिनेत्री परीक्षा लिम्बुले प्रदीप खड्कासँग गरेको अभिनयले पूर्णता दिएको प्रस्ट भईदिन्छ ।
दिनेश राउतको निर्देशनमा बनेको यो फिल्मको सार्वजनिक गीतमा फिल्मका निर्माता समेत रहेका राजिव भुषालले संगीत भरेका हुन भने शब्द वि पाण्डेको हो । फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन जो प्रसिद्ध सिनेमाटोग्राफरका रुपमा चिनिन्छन । तर यो गीतको दृश्य भावलाई केलाउँदा अभिनेत्री अञ्जनाको बुवा बनेर खेलेका कलाकार शंकर आचार्यको क्लोज सट दृश्यमा अत्याधिक मेकअप टच देखिनु चाँहि विडम्बना भैदिएको छ । । हेर्नुस गीत