लण्डन टू पेरिस मन जित्न सक्ने अर्को फिल्म : टिजर आर्कषक

काठमाण्डौँ । सायद २०८१ साल नेपाली फिल्म क्षेत्रका लागि सुखद बर्ष बन्न सक्छ होला । किन कि यो बर्ष रिलिज हुने फिल्महरुको संकेत हेर्दा त्यस्तै देखिदै गईरहेको छ ।

हाल बोक्सीको घर र मनसराले दर्शकको मन जितिरहेका बेला जेठ १० मा आउँने पुजार सार्की र फर्की फर्कीले पनि अपेक्षा त्यतिकै जगाईरहेका छन । यि दुवै फिल्म अब्बल बनेको अनुमान भईरहेका बेला जेठ २५ मा आउँने साम्राज्ञी राज्य लक्ष्मी शाहको लण्डन टू पेरिसको आश लाग्दो टिजर बाहिरिएको हो ।

 पछिल्लो समय विदेशी भूमिमा पुगेर फिल्म खिच्ने फिल्ममेकरको संख्या बढिरहेका बेला यो फिल्मको सेटअप र कन्टेन्ट प्रेजेन्टेशनलाई निर्देशक घनश्याम लामिछानेले आकर्षित शैलीमा प्रस्तुत गरेका छन । नव अभिनेता निश्चिल खड्काको फिल्मी करिअरलाई अगाडी बढाउँन मात्र हैन साम्राज्ञीको गुमिरहेको स्टारडम पुन फर्किने सक्ने संकेत टिजरले देखाएको छ ।

त्यसैगरी राम्रो अभिनय गर्दा गर्दै पनि स्थापित हुन नसकिरहेका अभिनेता कवीर खड्का र फिल्म नगरीमा जम्नलाई निकै कोशिस गरिरहेकी मोडल गरिमा शर्मालाई समेत यो फिल्मले माथि उठाउँने संकेत देखाएको छ । विशेष गरी टिजरमा प्रयोग गरिएका केही सम्बाद, स्टाईल र ब्यागराउन्ड म्यूजिकले टिजर सलर्क उठेको छ ।

जेठ २५ गते लण्डन टू पेरिससँगै विभिन्न अन्र्तराष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भएको फिल्म गाउँ आएको बाटो समेत प्रर्दशन हुँदैछ जसले फल्म नगरीको आश मात्र हैन गरिमा समेत बढाएका छन । हेर्नुस यि दुवै फिल्मका टिजर