काठमाण्डौँ । साम्राज्ञी राज्य लक्ष्मी शाहको फिल्म लण्डन टू पेरिसको नयाँ गीत रिलिज भएको छ ।
अडियो भर्सनमा निकै मिठो सुनिएको गीतलाई दृश्य भावमा न्याय गर्न खोजेका छन निर्देशक घनश्याम लामिछानेले । राम अविरल बिष्टको सुन्दर शब्द सृजनामा सज्जित गीतलाई संगीतकार एस डि योगी र गायिका नभिता पौडेलले पूर्णता दिएर गाएका छन । उनीहरुको आवाज पर्फेक्ट सुनिएको छ । संगीतकारको काम तारिफ योग्य छ ।
आउँदो जेठ २५ गते रिलिज हुने फिल्ममा नव अभिनेता निश्चल खड्का र नव अभिनेत्री गरिमा शर्मासँगै साम्राज्ञीको लभ ट्राईएङ्गल देखाईएको छ । तर यहाँ भन्नू पर्ने कुरा के छ भने कुनै पनि गीत चल्ने प्रमुख आधार भनेको अडियो हो । अडियो हिट भएमा मात्र उत्कृष्ट भिडियोको भ्यालु राम्रो देखिन्छ ।
यो गीतको अडियो राम्रो बन्दा बन्दै पनि यूट्यूबमा भ्यूज भने कमजोर देखिएको छ । रिलिजको १८ घण्टामा मरेर ५१ हजार भ्यूज बटुलेको देखिन्छ गीतले ।
अझ भ्यूज नगईरहेका बेला पूजार सार्की र फर्की फर्कीका फ्यानहरुले विना प्रसंग यो फिल्मको गीत, टिजर, ट्रेलरमा आएर नानाथरी कमेन्ट गरिरहेका छन जुन अर्थपूर्ण देखिदैन र सान्दर्भीक पनि देखिदैन । हेर्नुस गीत