विपिन र बर्षाको तेल भिसाको सुटिङ बाल्टिमोरबाट सुरु

काठमाण्डौँ । लामो समयको अन्तरालमा निर्देशक शंकर घिमिरे फिल्म निर्देशनका लागि मैदानमा उत्रिएका छन ।

नेपाली समय अनुसार शनिबार साँझबाट अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरबाट शंकरले तेल भिसाको निर्देशन सुरु गरेका हुन । यूनिटले फिल्मको मुहूर्त सँगै सुटिङ सुरु गरेको हो ।
विपिन कार्की , बर्षा राउत , ऋचा घिमिरे लगायतका विभिन्न मूलुकका कलाकारहरु खेल्ने फिल्मको सुटिङ करिब एक महिना अमेरिकामा चल्ने छ ।

यो फिल्ममा गौरी मल्ल पनि मुख्य भूमिकामा छिन जो केही दिनमै अमेरिका जादैछिन । फिल्मलाई सुसन प्रजापतिले खिच्दैछन । अभिनेत्री ऋचा घिमिरेको कम्पनी वेलडन क्रिएसनको व्यानरमा निर्माण सुरु भएको फिल्मको ७० प्रतिशत छायाँकन अमेकिरामा हुँदैछ भने बाँकी ३० प्रतिशत छायाँकन नेपालको पूर्वी चितवनमा हुनेछ ।